सहिद स्मारक 'सी' डिभिजन लिग फुटबल आजबाट सुरु हुँदै
- गाउँ सहर संवाददाता
- १ चैत आइतबार, २०७७ | ०८:३४:०० मा प्रकाशित
काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबल आजबाट सुरु हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'सी' लिग आजबाट एन्फा कम्प्लेक्समा सुरु हुने जनाएको छ । लिगको पहिलो दिन दुई खेलहरु हुनेछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा खालीबारी युथ क्लब र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
खालीबारी र झापाबीचको खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ । दोस्रो खेलमा ओसिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ । ओसिस र चर्चबीचको खेल ३:३० बजे सुरु हुनेछ । आगामी चैत २४ गतेसम्म संचालन हुने १४ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस