अर्थतन्त्र

निजी क्षेत्र आर्थिक विकासको रियल एक्टर हो- वरिष्ठ उपाध्यक्ष ढकाल

बीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र भनेको देशको आर्थिक विकासका लागि 'रियल एक्टर' हो भनेका छन् ।

उनले भने- 'मुलुकको विकास र आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका उल्लेखनीय छ ।' उनले भने- "निजी क्षेत्रले रोजगारी सृजना गर्नुका साथै मुलुकलाई राजस्वमा योगदान पुराउने र पूर्वाधार निर्माण र यसको विकासमा पनि मुख्य भुमिका खेलेको छ, त्यसैले निजी क्षेत्र भनेको देश विकासको एक रियल एक्टर नै हो ।"

वरिष्ठ उपाध्यक्ष ढकालले विरगन्ज उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारण सभालाई आज प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै कोभिडका कारणले दुई प्रतिशतको नेगेटिभ ग्रोथ भइरहेको अवस्था रहेको पनि स्पष्ट गरे । 

उनले यहाँका जति पनि समस्या र मुद्दाहरु छन् तिनलाई नियममनकारी निकायमा लग्नका लागि विरगन्ज उद्योग वाणिज्य संघले पहल गर्ने र महासंघले सम्बन्धित निकायमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।

नेपालमा कर तिर्ने देशहरुको हिसाब गर्ने हो भने १९० देशहरुको हिसाब गर्दा हामी १७५ स्थानमा रहेको पनि उनले जानकारी गराए । त्यस्तै लजिस्टिकको हिसाबले ११४ वटा देशलाई तुलना गर्दा खेरी हामी १०८ औँ नम्बरमा परेको अवस्था रहेको उनले बताए ।

देशमा व्यवसायिक क्रियाकलापहरु बढाउने वातावरणका लागि नेपाल पछाडि रहेको तथ्यांक प्रस्तुत गर्दै उनले आफू नेपालको निजी क्षेत्रको एक प्रतिनिधित्वका हिसाबले त्यसमा सुधारका लागि सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

नेपाल उद्योग वाण्ज्यि महासंघको सदस्यको रुपमा विरगन्ज उद्योग वाणिज्य संघले सक्रियरुपमा काम गरेको बताए । उनले आगामी दिनमा विरगन्ज उद्योग वाणिज्य संघसँग सहकार्य गरेर व्यवसायिक गतिविधिलाई अझै सक्रिय रुपमा अगाडी बढाउने बताए ।

त्यसैगरी व्यवसायिक गतिविधिलाई बढाउनको लागि कर तिर्ने वातावरणको हिसाबले १९० देशहरुका तुलनामा नेपाल १७५औं नम्बरमा रहेको पनि उनले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्ष ढकालले भने, लजिस्टिककको हिसाबले हेर्दा ११४ देशहरुलाई तुलना गर्दा नेपाल १०८औं नम्बरमा परेको थियो भने सडक संजालमा १०१ औं स्थानमा रहेको छ । साथै गुणस्तरको हिसाबले १२० औं नम्बरमा परेको अवस्था स्पष्ट पारे ।

यस तथ्याकंले व्यवसायिक गतिविधिलाई बढाउनको लागि धेरै पछाडी रहेको उनको तर्क थियो । उनले देशमा लगानीको वातावरण निर्माण गर्न र निजी क्षेत्रमैत्री नीतिको अख्तियार गर्न देशका तीन तहका सरकारले सहज र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

तीन तहको सरकारको मेकानिजम दशेमा व्यावसायिक प्रमोट गर्ने हिसाबको हुनुपर्ने उनको सुझाव थियो । उनले भने- यो नेपालमा एउटा सानो आइपियो खुल्दा पनि कति गुणा बढी आवेदन पर्छ यसबाट हामीसँग कति धेरै पैसा छ भन्ने स्पष्ट हुन्छ ।

यो अवस्था भनेको नागरिक लगानीका लागि आतुर भएको अवस्था हो भन्ने बुझेर देशले स्वदेशी र विदेशी लगानीका लागि इन्करेज हुने खालको नीति, नियम तथा वातावरण बनाओस् उनले भने ।

गाउँ सहर संवाददाता

तपाईँको मत