नेपालले विश्वकप छनोटका बाँकी खेल कुवेतमा हुने
- गाउँ सहर संवाददाता
- २८ फाल्गुण शुक्रबार, २०७७ | १४:४५:०० मा प्रकाशित

काठमाडौं । नेपालले विश्वकप छनोटका खेल्न बाँकी खेल कुवेतमा हुने भएको छ । एसियाली फुटबल महासंघ (एएफपी) ले एसियाको विश्वकप छनोट समूह ‘बी’ का बाँकी सबै खेल एक स्थानका रूपमा कुवेतमा गर्ने शुक्रबार निर्णय गरेको हो ।
यससँगै कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका नेपालमा हुने भनिएका सबै खेल नहुने भएको छ । नेपालको समूहमा कुवेतसँगै अस्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेयी रहेका छन् ।
त्यसमध्ये नेपालले अस्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेईविरुद्ध खेल्न बाँकी छ र यी खेल यसअघि काठमाडौंको दशरथ रंगशालामा हुने तय थियो । अब छनोटका खेल मे ३१ देखि जुन १५ सम्म हुने भएको छ ।
छनोटमा नेपालले अहिलेसम्म पाँच खेल खेलेको छ र त्यसबाट नेपालको तीन अंक छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण स्थगित भएका छनोटका खेल पछिल्लो समय विभिन्न देशमा भ्रमण प्रतिबन्ध रहेका कारण एकै थलोमा गर्ने निर्णय भएको हो ।
छनोटका अन्य खेलमध्ये समूह ‘ए’ को चीन, समूह ‘सी’ को बहराइन, समूह ‘डी’ को साउदी अरेबिया, समूह ‘ई’ को कतार, समूह ‘एफ’ को जापान, समूह ‘जी’ को यूएई र समूह ‘एच’ को दक्षिण कोरियामा हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस