राजनीति

राप्रपाद्वारा महाधिवेशनका लागि आज मुल आयोजक समिति गठन

काठमाडाैँ । राप्रपाले आउँदो महाधिवेशनका लागि आज मुल आयोजक समिति गठन गरेको छ ।

राप्रपाको काठमाडौँमा हुने आउँदो केन्द्रीय महाधिवेशनका लागि पार्टीका त्रयअध्यक्षहरु पशुपतिशमशेर जवरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको अध्यक्षतामा मुल आयोजक समिति गठन गरेको हाे ।

समिति सदस्य सचिवमा सचिवालयका दुई प्रमुखहरु धुर्व बहादुर प्रधान र भाष्कर भद्रा रहेका छन् भने गणेश चन्द र चन्द्र ब. गुरुङ कोषाध्यक्ष रहने छन् ।

कार्यसम्पादन समितिका सबै सदस्यहरु सदस्य रहने गरी आज निर्णय गरिएकाे र बाँकी आवश्यक समितिहरु चाँडै नै गठन गरिने समेत निर्णय भएकाे नेता जनकराज पाठकले गाउँ सहर डटकमलाई बताए ।

गाउँ सहर संवाददाता