खेल

'बी' डिभिजन लिग फुटबलमा आज यी चार टीम भिड्दै

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा नयाँ बस्ती युवा क्लबले श्री कुमारी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

 

नयाँ बस्ती र झम्सिखेलबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

नयाँ बस्ती ९ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । श्री कुमारी ९ खेलमा ८ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

अर्को खेलमा बाँसबारी क्लबले झम्सिखेल युथ क्लबसँग खेल्नेछ ।

बाँसबारी र झम्सिखेलबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।

बाँसबारी ९ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । झम्सिखेल ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

 

गाउँ सहर संवाददाता