जतिखेर पायो त्यतिखेर लड्डू खाने होईन, लड्डू खाने यस्तो बेलामा हो !
तीन दशकमा मेलम्चीकाे पानी काठमाडाैँमा
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण शनिबार, २०७७ | २०:२२:०० मा प्रकाशित
काठमाडौँ । तीन दशकदेखिकाे राजनधानीबासीकाे सपना पूरा भएकाे छ । मेलम्ची खानेपानी आयोजनाको पानी शनिबारदेखि काठमाडौँतर्फ पठाइएसँगै राजधानीबासीकाे सपना पूरा भएकाे हाे ।
मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा मिसाइएको छ ।
मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेपछि पानी काठमाडौँतर्फ पठाइएको हो । परियोजनाको अवलोकनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौँमा झारिएको ठूलो सफलता प्राप्त भएको बताएका छन् ।
विशेष कार्यक्रममा प्रधानमन्त्रीले मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोकबासी सबैलाई उदारतापूर्वक काठमाडौँलाई पानी दिएकाेमा धन्यवाद भने ।
प्रम ओलीले जतिबेला पायो त्यत्तिबेला लड्डु खानु नहुने भन्दै यस्तो बेलामा लड्डु खानुपर्ने बताउँदै दाहाल-नेपाल पक्षलाई कटाक्षपनि गरे । उनले यस सफलताका लागि खानेपानी मन्त्रालय र सबै सम्बद्धहरुको प्रशंसा गर्दै उनीहरुलाई धन्यवाद दिएका छन् ।
कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभा अध्यक्ष अग्नि सापकोटा, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री बिष्णु पौडेल, सञ्चारकर्मीलगायत स्थानीयकाे बाक्लाे उपस्थिती थियाे ।
कृष्णप्रसाद भट्टराईकाे पालामा यस आयोजनाकाे सुरूवात गरिएकाे थियाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस