जतिखेर पायो त्यतिखेर लड्डू खाने होईन, लड्डू खाने यस्तो बेलामा हो !
तीन दशकमा मेलम्चीकाे पानी काठमाडाैँमा
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण शनिबार, २०७७ | २०:२२:०० मा प्रकाशित

काठमाडौँ । तीन दशकदेखिकाे राजनधानीबासीकाे सपना पूरा भएकाे छ । मेलम्ची खानेपानी आयोजनाको पानी शनिबारदेखि काठमाडौँतर्फ पठाइएसँगै राजधानीबासीकाे सपना पूरा भएकाे हाे ।
मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा मिसाइएको छ ।
मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेपछि पानी काठमाडौँतर्फ पठाइएको हो । परियोजनाको अवलोकनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौँमा झारिएको ठूलो सफलता प्राप्त भएको बताएका छन् ।
विशेष कार्यक्रममा प्रधानमन्त्रीले मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोकबासी सबैलाई उदारतापूर्वक काठमाडौँलाई पानी दिएकाेमा धन्यवाद भने ।
प्रम ओलीले जतिबेला पायो त्यत्तिबेला लड्डु खानु नहुने भन्दै यस्तो बेलामा लड्डु खानुपर्ने बताउँदै दाहाल-नेपाल पक्षलाई कटाक्षपनि गरे । उनले यस सफलताका लागि खानेपानी मन्त्रालय र सबै सम्बद्धहरुको प्रशंसा गर्दै उनीहरुलाई धन्यवाद दिएका छन् ।
कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभा अध्यक्ष अग्नि सापकोटा, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री बिष्णु पौडेल, सञ्चारकर्मीलगायत स्थानीयकाे बाक्लाे उपस्थिती थियाे ।
कृष्णप्रसाद भट्टराईकाे पालामा यस आयोजनाकाे सुरूवात गरिएकाे थियाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस