नाै बुँदे घोषणा पत्र जारी गर्दै अडानकाे उपत्यका प्रदेश समितिको पाँचौ परिषद सम्पन्न
- गाउँ सहर संवाददाता
- २० फाल्गुण बिहीबार, २०७७ | १२:०८:०० मा प्रकाशित
काठमाडाैं । नेपाल अडिटर्स एशोसिएसन (अडान)को उपत्यका प्रदेशको पाँचौं प्रदेश परिषद् भेला ९ बुंदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएकाे छ ।
परिषदले हालसम्मको सांगठनिक प्रगती प्रतिबेदन तथा आर्थिक प्रतिबेदनहरु साथै आगामी बर्षको अनुमानित बजेट पारित गरेको छ । राष्ट्रको आर्थिक संमृद्धिका लागी लेखा तथा लेखापरीक्षण कार्यको महत्वपूर्ण भूमिका रहेको मनन गर्दै बिभिन्न नौ बूँदे घोषणा पत्र जारी गरेको छ ।
लेखा परीक्षणकाे गुणस्तर, विश्वसनीयता र गरीमामाथी प्रश्न चिन्ह खडा नहुने गरि कार्यसम्पादन गर्ने र पेशामा आवद्ध लेखापरीक्षकहरूकाे हकहितका विषयमा सक्रियताका साथ लाग्ने निर्णय गरेकाे छ ।
बुधबार काठमाडाैंमा उपत्यका प्रदेशका अध्यक्ष आत्माराम चापागाईंको अध्यक्षतामा भएकाे कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामेश्वर फुयालले विकासका काममा सुशासन कायम गर्नका लागि लेखा परीक्षकहरूकाे महत्वपूर्ण भूमीका रहने बताए ।
मन्त्री फुयालले लेखा परीक्षणकाे गुणस्तर, विश्वसनीयता र गरीमामाथी प्रश्न चिन्ह खडा नहुने गरि कार्यसम्पादन गर्नुपर्नेमा जाेड दिए ।
नेपाल अडिटर्स एशोसिएसन (अडान) केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीले लेखापरीक्षण पेशामा आवद्ध लेखापरीक्षकहरूकाे हकहितका विषयमा सक्रियताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरे । तर त्यसका लागि नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले लेखा व्यवसायीहरूकाे हक हितका लागि प्रभावकारी काम गर्न कसकेकाे भन्दै ध्यानाकर्षण गराए ।
कार्यक्रममा अडान संस्थापक अध्यक्ष कमल खरेल, आइक्यानका अध्यक्ष मदनकृष्ण शर्मा, वरिष्ठ उपाध्यक्ष तथा पार्षद केदारनाथ पौडेल, एक्यानका अध्यक्ष आनन्दप्रसाद शर्मा वाग्ले, प्रथम उपध्यक्ष बद्रिप्रसाद भट्टराई, उपत्यका उपाध्यक्ष डोलप्रसाद दाहाल, प्रदीपकुमार यादव, बहादुर सिंह विष्ट, महासचिव झलकमणि लम्साल, आइक्यान पार्षद मिरा श्रेष्ठ लगायत केन्द्रिय पदाधिकारीहरूकाे उपस्थिति रहेकाे थियाे ।
परिसद् भेलामा काठमाडौँ, ललितपुर, भक्तपुरका अडान जिल्ला अध्यक्ष पधाधिकारी तथा सदस्यज्यु, लेखापरिक्षकहरुको बाक्लो उपस्थिति थियाे ।
उपत्यका प्रदेश सचिव उत्सब केसीले संचालन गरेकाे कार्यक्रम काठमाडौँ अध्यक्ष पोषकलाल श्रेष्ठले धन्यबाद ज्ञापन गरेका थिए ।
यस्ताे छन् ९ बुँदे घोषणा पत्र
आफ्ना पेशागत हकहित, एकता र क्षमता अभिवृद्धिको लागि मुलुकभरका सम्पुर्ण लेखाव्यवसायीहरुलाई संगठित गर्ने क्रममा २०६३ साल श्रावण २० गते नेपालमा करिव ७२०० को हाराहारीमा छरिएर रहेका दर्तावाला लेखापरीक्षकहरुको पेशागत हकहित र क्षमता अभिवृदि्धका लागि छाता संस्था गठन गर्ने अभिप्रायले स्थापित यस नेपाल अडिटर्स एशोसिएसन (अडान) को पाँचौ राष्ट्रिय परिषदको सन्दर्भमा देशभरबाट प्रतिनिधित्व गर्दै "राष्ट्रिय समृद्धि र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता अभिवृद्ध हाम्रो अडान" भन्ने नारालाई सार्थक बनाउन २०७७ साल फाल्गुण २८ काठमाडौमा पाँचौ राष्ट्रिय परिषदको बैठक सम्पन्न हुन गइरहेको सन्दर्भमा आज २०७७ साल फाल्गुण १९ गते उपत्यका प्रदेश कार्य समितिको पाँचौ प्रदेश परिषद सम्पन्न भएको छ ।
नेपालको इतिहासमा २००७ साल देखिको नेपाली जनताको संबिधान सभाबाट संबिधान प्राप्त गर्ने चाहानालाई मूर्तरुप दिन करिव सात दशक लामो बिभिन्न प्रयोग र संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने क्रममा दोस्रो संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भई संविधान कार्यान्वयनको क्रममा सम्पन्न भएका स्थानिय, प्रदेश र केन्द्रको निर्वाचनले नेपाली जनताको बिकास स्थायित्व र संबृद्धिको चाहाना पूरा हुने अवस्था सृजना भएको छ । अब मुलुकको एकमात्र उद्देश्य सुशासन सहितको आर्थिक विकास र समृद्धि नै हो । नेपालको संबिधान अनुसार बागमती प्रदेशमा बिभिन्न १३ जिल्लाहरु समेटिएको भएता पनि नेपाल अडिटर्स एशोसिएसन को बिधान अनुरुप तथा बिद्यमान लेखापरिक्षकहरुको संख्यात्मक गणनाले गर्दा उपत्यकामा अवस्थित ३ जिल्लाहरु काठमाडाैं, ललितपुर र भक्तपुरलाई समेटेर उपत्यका प्रदेश समिति कार्यान्वयनमा रहेको जानकारी गराउँदछौं । बागमती प्रदेश तथा यस प्रदेश अन्तर्गतका यस ३ जिल्लाहरुमा प्रदेश तथा स्थानीय चुनाव मार्फत प्राप्त जनमत अनुसार बागमती प्रदेश सरकार तथा बिभिन्न स्थानिय सरकार गठन भई कार्यहरु गर्दै आईरहेको छ । सबै पक्षलाई समेटेर प्रदेश तथा स्थानिय सरकारले बिगतका गल्ती कमजोरीहरु सच्याउदै प्रदेश तथा स्थानीय निकायको सामाजिक, साँस्कृतिक र आर्थिक रुपान्तरण गरी आर्थिक विकास र उन्नतीमा प्रदेश र स्थानिय सरकारको गम्भिर ध्यान जानु पर्ने हाम्रो ठहर छ ।
समग्र प्रदेश तथा स्थानीय पालिकाहरुको आर्थिक संमृद्धिको लागि सुशासनको अपरिहार्यता लाई मनन गर्दै यसको कार्यान्वयनको लागि अहम् पाटोको रुपमा लेखापरीक्षण पेशाको भूमिका महत्वपूर्ण हुने र लेपाल अडिटर्स एशोसिएसन (अडान) ले स्थापनाकाल देखि नै यस बिषयलाई गम्भिरताका साथ उठाई रहेको कुरा सबैमा जगजाहेर नै छ । यो पाँचौ उपत्यका प्रदेश परिषद उपरोक्त बिषयहरुलाई संम्बोधन गर्दै देहाय बमोजिमका बिशेष प्रस्तावहरुको घोषणा गर्दछ ।
१. स्वदेशी लगानीलाई प्राेत्साहन गदैं विदेशी लगानी समेत भित्राई प्रदेश तथा यस प्रदेश अन्तर्गतका उपत्यकामा अबस्थित ३ जिल्लाहरु काठमाण्डौं, ललितपुर र भक्तपुरको विकास गर्न अब ढीलो गर्नु हुदैन । लाखाैँको हाराहारीमा विदेश पलायन भएका युवाहरुलाई प्रदेशमा रोजगारी श्रृजना गर्ने गरी आर्थिक विकासका कृयाकलाप अगाडि बढाउन प्रदेश सरकार समक्ष बैठक हार्दिक अपिल गर्दछ ।
२. नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाबाट जारी गरिएका लेखामान अनुसार वित्तीय विवरणहरु तयार गरी लेखापरीक्षणको निम्ती प्रदेश तथा यस प्रदेश अन्तर्गतका उपत्यकामा अबस्थित ३ जिल्लाहरुभरका सबै उद्योगी ब्यावसायीहरुलाई गम्भीर हुन यो परिषद अपिल गर्दछ ।
३. नेपालको संबिधान २०७२ को धारा १८ (१) मा समानताका हकको ब्यवस्था गरिएको छ जसमा सबै नागरिक कानूनका दृष्टिमा समान हुने छन् । कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन भनिएको छ तर नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ऐन २०५३ तथा नियमावलीमा दर्तावाला लेखापरीक्षकहरुलाई बिभेद गरिएको छ । सबै सदस्यहरुले सबै लेखापरीक्षणमान तथा आवश्यकता अनुसारका कानूनहरुको परीपालना गनुपर्ने हुन्छ यदि लेखापरीक्षणमान तथा कानुनहरुको परीपालना नगरि लेखापरीक्षण प्रतिवेदन जारी गरेमा त्यस्ता सदस्यहरुलाई कारबाही गर्ने ब्यवस्था कानुनमा गरिएको छ । सबै बर्ग समुदायको बलिदानी संघर्षबाट निर्माण गरिएको संविधानको भावना बिपरित रहेको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ऐन २०५३ तथा नियमावलीमा रजिष्टर्ड अडिटरहरुलाई लादिएका विभेदकारी व्यवस्थाहरु खारेज गरी सबै सदस्यहरुलाई समान अधिकार राज्यले प्रदान गर्नुपर्दछ । योग्यता र क्षमताको आधारमा सबै दर्तावाला लेखापरीक्षकहरुलाई लेखापरीक्षण गर्ने अधिकार स्थापित गर्नका लागि विद्यमान बिभेदकारी सबै ब्यवस्था हटाउने ब्यवस्था मिलाउन केन्द्रीय कार्य समिति मार्फत यो परिषद जोडदार माग गर्दछ ।
४. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ को दफा ३० मा दर्तावाला लेखापरीक्षकहरुलाई लेखापरीक्षक ऐन २०३१ वमोजिम सुविधावाट वञ्चित गरिने छैन भन्ने व्यवस्था भएतापनि सो ऐन विरुद्ध नियमावलीमा ऐनको अधिकार कटौती गर्नु कानूनको सामान्य सिद्धान्त विपरित भएकोले त्यस्ता प्रावधान तत्काल खारेज गर्न केन्द्रीय समिति मार्फत नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था लगायत सम्वद्ध निकायहरुसँग यो परिषद जोडदार माग गर्दछ ।
५. धितोपत्र वोर्डको नियमावलीमा शेयर ब्रोकरहरुको लेखापरीक्षण चार्टर्ड एकाउन्टेण्ट बाट हुने गरी दर्तावाला लेखापरीक्षकहरुलाई लेखापरीक्षण गर्नवाट वञि्चत गराईएको छ । चार्टर्ड एकाउन्टेण्टस् नियमावलीमा संस्था आफैँले जारी गरेको लेखापरीक्षकहरुको वर्ग अनुसार लेखापरीक्षण गर्न पाउने गरी बिभेदकारी नै भए पनि सीमा तोकिएको अबस्थामा यसप्रकारको व्यबस्थाले आईक्यानका एकै सदस्यहरु वीच पक्षपातपूर्ण व्यबहारलाई सच्याउन केन्द्रीय समिति मार्फत यो बैठक माग गर्दछ ।
६. यस प्रदेश तथा यस प्रदेश अन्तर्गतका उपत्यकामा अबस्थित ३ जिल्लाहरुभित्र गैर लेखाव्यवसायीहरुले कार्यालय खोली वा नखोली लेखापरीक्षणको नाममा अनधिकृत रुपमा काम गरिरहेको अवस्थालाई मनन गर्दै त्यस्ता कार्यलाई तत्काल रोक्न र कारवाही गर्न माग गर्दछौँ । प्रदेश तथा यस प्रदेश अन्तर्गतका उपत्यकामा अबस्थित ३ जिल्लाहरु भित्रका लेखापरीक्षकहरु त्यस्तो कार्यप्रति सचेत रहन, लेखापरीक्षणको गरीमा र मर्यादालाई कायम राख्न यो वैठक आग्रह गर्दछ ।
७. नेपाल चार्टर्ड एकाउन्टेण्टस् संस्थाको आठौ काउन्सीलमा नेपाल अडिटर्स एशेसिएसनको प्रस्तावमा ४ जना पार्षदलाई निर्बिरोध निर्वाचित गराउन आवश्यक पहल गर्न केन्द्रीय समितिलाई अनुरोध गर्दछ साथै यस कार्यमा सहयोग गर्न यो परिषद आह्वान गर्दछ ।
८. पेशामा रहेका योग्यतम र क्षमताबान दर्तावाल लेखापरीक्षकहरुलाई बर्गोन्नति गर्न सम्बद्धपक्षहरुसंँग यो परिषद जोडदार माग गर्दछ ।
९. नेपाल अडिटर्स एसोसिएसनको उपत्यका प्रदेश को पाँचौ प्रदेश परिषदमा उपस्थित भई परिषदलाई भब्यरुपमा सम्पन्न गर्न परिषदमा उपस्थित हुनु भएका प्रमुख अतिथि ज्यू, विशेष अतिथि ज्यू र अतिथिज्युहरु देशभरबाट पाल्नुभएका अडान केन्द्र, प्रदेश तथा जिल्ला कमिटिका सम्पूर्ण पदाधिकारीज्यूहरु तथा सदस्यज्यूहरु, सम्पूर्ण प्रतिनिधि लेखापरिक्षक मित्रज्यूहरु, ब्यवस्थापन कमिटिका संयोजक , सदस्य एवं पदाधिकारीज्यूहरु, अडान काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्ला कमिटिका पदाधिकारीज्यूहरु तथा सदस्यज्यू एवं पर्यवेक्षकज्युहरु, पत्रकारज्युहरु, लगायत सहयोगी शुभचिन्तक सबैमा यो बैठक हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस