राजनीति

अवहेलना मुद्दामा प्रचण्डले बुझाए सर्वोच्चलाई लिखित जवाफ (पूर्णपाठ)

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वाेच्च अदालत पुगेर अवहेलना मुद्दामा जवाफ दिएका छन् ।

आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् ।

उनले माघ ९ गते भृकुटीमण्डपअगाडिको सभामा बोल्ने क्रममा अदालतलाई धम्क्याएको भन्दै अधिवक्ता समीर हायुले मुद्दा दर्ता गरेका थिए । त्यसको जवाफ दिँदै प्रचण्डले निवेदको दाबी झुटो भएको जिकिर गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो ।

सो रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो । सोही आदेशअनुसार प्रचण्ड लिखित जवाफसहित सर्वोच्चमा उपस्थिति भएर जवाफ दिएका हुन् । 

यस्ताे पूर्णपाठ

गाउँ सहर संवाददाता