रामेछापकाे सुनापति गाउँपालिकाद्वारा रेडक्रसलाई एम्बुलेन्स र शवबाहन हस्तान्तरण
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण शनिबार, २०७७ | १८:०५:०० मा प्रकाशित
.jpeg)
रामेछाप । सुनापति गाउँपालिकाले रेडक्रस सोसाइटी हिलेदेबी उप-शाखालाई एम्बुलेन्स र शवबाहन हस्तान्तरण गरेकाे छ ।
शनिवार सुनापति गाउँपालिकामा आयोजित कार्यक्रममा रामेछापका प्रतिनिधि सभा सदस्य श्याम कुमार श्रेष्ठले साँचाे हस्तान्तरण गरेका हुन् ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स र शवबाहनकाे व्यवस्थापन गर्ने गरि रेडक्रस सोसाइटी हिलेदेबी उप-शाखाका अध्यक्ष पासाङ लामालाई श्रेष्ठ साँचो हस्तान्तरण गरेका हुन् ।
एम्बुलेन्स सेवा सुनापतिगाउँपालिका अन्तर्गतका ५ वटै वडामा समान र न्यूनतम शुल्क (भाडा) कायम हुने र पालिका भन्दा बाहिर भने दूरीको आधारमा न्यूनतम (भाडा) कायम हुने गाउँ पालिका अध्यक्ष धावा लामाले जानकारी दिए ।
नेकपा बागमती प्रदेश सदस्य टंकलाल घिसिङले एम्बुलेन्स सेवाको निरन्तरतामा जोड दिए ।
सुनापति गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले विभिन्न तह र निकायको समन्वयमा एम्बुलेन्स सेवा सुचारु भएको जानकारी गराए ।
हस्तान्तरण कार्यक्रममा वडा अध्यक्षहरु, गाउँसभा सदस्यहरु, कर्मचारी लागायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस