अर्थतन्त्र

महिला लघुवित्तको आइपीओ भाेली खुल्ने

काठमाडाैं । महिला लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ भाेली (फागुन १४ गते शुक्रबार) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आइपीओ आगामी शुक्रबार बिहान ८ बजे बाँडफाँड गर्ने तयारी गरिएको छ ।

लघुवित्तको आइपीओ प्रिअलटमेन्ट मंगलबार नै भइसकेको क्यापिटलले जनाएको छ ।

लघुवित्तको आईपीओमा २ करोड ४६ लाख ४६ हजार १७० कित्ता अर्थात २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्रै शेयर पाउनेछन् ।

गाउँ सहर संवाददाता