'डिजिटल लर्निङ डे' को अवसरमा डिजिटल शिक्षाका लागि कार्यक्रम
- गाउँ सहर संवाददाता
- ७ फाल्गुण शुक्रबार, २०७७ | १२:५६:०० मा प्रकाशित

काठमाडौँ । सबै विद्यार्थहरुका लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न फेब्रुअरी २०१२ देखि डिजिटल लर्निङ दिवस (Digital Learning Day) विश्वव्यापी रुपमा मनाउन सुरु गरिएको छ । यो दिन शिक्षामा डिजिटल प्रविधिको विशेष प्रयोग गरी कक्षाकोठामा सिकाउने शुरुवातको हिसाबले नवीन र अग्रगामी सोचलाई उजागर गर्ने दिन हो ।
निमा एजुकेशन फाउन्डेशनले दुई वर्षअघि (२०१९—२०७५) डिजिटल सिकाइ दिवस शिक्षाविद विकासतर्फ,डिजिटल पूर्वाधारका सरोकारवाला र आविष्कारहरुका लागि एक महत्वपूर्ण प्लाटफर्म उपलब्ध गराउने लक्ष्याका साथ शुरु गरेको हो । शैक्षिक भनिष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई साझा गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउन हाम्रो यो एउटा सानो प्रयास हो ।
यस वर्ष पनि नयाँ कार्यक्रमको साथ मानिसहरुमा डिजिटल शिक्षको चेतना जगाउनका लागि आउँदै छौँ । २५ फेब्रअरी २०२१ अर्थात फागुन ७ गते डिजिटल शिक्षाको लागि सगैँ नारासहित यस वर्षका डिजिटल लर्निङ डे विशेष कार्यक्रमहरु गरिरहेका छौँ । यस वर्षको कार्यक्रमहरुमा निमा एकेडेमी आयोजक,लिभिङ विथ आइसिट र सोचेवेयर सहआयोजकको रुपमा रहेका छन् । जिनियस क्याउड इन एसोसियसनको रुपमा रहेको यस कार्यक्रममा कारखाना सहयोगी संस्थाको रुपमा रहेको छ । यसैगरी कार्यक्रममा भायानेट कम्युनकेशन र पिक्सल टचको पनि सहकार्य रहेको छ ।
डिजिटल लर्निङ डे इन एसोसियसन विथ जिनियम क्लाउड एकेडेमी कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयमा प्यानल डिस्कसन तथा अन्तक्रिया कार्यक्रमहरु आयोजना हुनेछन् । 'रिइमाजोनिङ डिजिटल एजुकेशन : पोलिसी एण्ड प्लानिङ' विषयमा पहिलो प्यानल डिस्कसन सञ्चालन हुनेछ भने फ्युचर अफ डिजिटल एजुकेशन विषयमा दोस्रो तथा अन्तिम डिस्कसन सञ्चालन हुनेछ ।
कार्यक्रममा कि नोट स्पिकर को रुपमा समेत अन्तराष्ट्रिय स्तरबाट एक विज्ञको सहभागिता रहनेछ । विभिन्न विज्ञहरुले डिजिटल शिक्षाको बारेमा बहस तथा प्रस्तुति गर्ने उक्त कार्यक्रम होटल हिमालयमा आयोजना हुने जनाइएको छ । उक्त कार्यक्रममा यस क्षेत्रमा काम गरिरहेका सरोकारवाला, विश्वविद्यालयका प्रतिनिधि र विद्यालयका प्रिन्सिपल, शिक्षक र विज्ञहरु सहित एक सय जनाभन्दा बढीको सहभागिता हुनेछन् ।
यसैगरी डिजिटल लर्निङ डेको अवसरकमा २ दिन विद्यार्थी तथा शिक्षकहरुका लागि तथा इन्फरमेशन सेसनहरु समेत आयोजना हुनेछन् । पछिल्लो समय कोभिड-१९ को महामारी तथा लकडाउनको कारण लामो समयदेखि शैक्षिक संस्थाहरु बन्द रहेका थिए । यस अवसरमा नेपालमा डिजिटल शिक्षाका लागि पनि नयाँ आयाम थपिएको छ । अधिकांश विद्यालयहरुमा अनलाइन लर्निङ तथा शिक्षाको अभ्यास गरेका छन् । सरकारले पनि डिजिटल शिक्षा सिकाइको रुपमा डिजिटल शिक्षालाई प्राथामिकतामा राखेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
प्रतिकृया दिनुहोस