आइतबार १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, १३१ जना संक्रमणमुक्त, मृत्यु हुने शून्य
- गाउँ सहर संवाददाता
- २ फाल्गुण आइतबार, २०७७ | १६:३९:०० मा प्रकाशित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ६०४ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६९ हजार ६० पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा कोही संक्रमितको निधन नभएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५४ पुगेको मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस