उद्यमीहरुले सामना गर्नु परेका समस्या सुल्झाउन महासंघ तयार : वरिष्ठ उपाध्यक्ष ढकाल
- गाउँ सहर संवाददाता
- ३० माघ शुक्रबार, २०७७ | २०:५८:०० मा प्रकाशित
रुपन्देही । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्थानीय रुपमा सम्भावित व्यावसायहरु पहिचान गरेर उद्योग व्यवसायको क्षेत्रलाई थप अगाडि बढाउन आग्रह गरेका छन् ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै ढकालले उद्योग, व्यवसाय संचालनका क्रममा उद्यमीहरुले सामना गर्नु परेका समस्या सुल्झाउन महासंघको वर्तमान नेतृत्वले एकढिक्का भएर गम्भीरतापूर्वक कार्य गरिरहेको बताए ।
उनले भने, ‘स्थानीय कतिपय समस्या स्थानीय संघले नै सुल्झाउने गरेको छ र त्यो कार्य गर्न संघहरु नै सक्षम छन् । तर कतिपय विषय केन्द्रस्तरमा उठाउनु पर्ने हुन्छ, नीतिगत लबिङ गर्नुपर्ने हुन्छ, र त्यसका लागि महासंघ सधैं तत्पर छ ।’
वरिष्ठ उपाध्यक्ष ढकालले आफूलाई निर्वाचित गराउन रुपन्देही संघले गरेको साथ, सहयोग र समर्थनप्रति पनि आभार व्यक्त गरे । चुनावका बेलाजस्तो अहिले महासंघभित्र पक्ष, विपक्ष रहेको छैन भन्दै उनले अब हुन लागेका संघहरुका चुनावमा पनि सकभर सहमति र सर्वसम्मत विधिबाट नेतृत्व चुन्न आग्रह गरे ।
उनले तिक्तता र पक्ष विपक्ष भएर चुनावमा उठे पनि सबै उम्मेदवारबीच राम्रो सहकार्य, मित्रता र समझदारी हुने विश्वास व्यक्त गरे।
त्यस अवसरमा ढकालले लुम्बिनी केबलकार प्रालिद्वारा नीजि क्षेत्रको लगानीमा निर्माण हुन लागेको बुटवल –३ स्थित गोलपार्कदेखि पाल्पा जिल्लाको तिनाउ वसन्तपुरसम्मको लुम्बिनी केबलकारको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शनिबार शिलान्यास गर्न लागिएको जानकारी पनि दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस