सञ्चार

पोखरा फोटोग्राफर संघको अध्यक्षमा तिवारी

पोखरा । पोखरा फोटोग्राफर संघको अध्यक्षमा जनकराज तिवारी चयन भएका छन् ।

संघको शनिबार सम्पन्न ३९ औं अधिवेशनले तिवारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा रामचन्द्र पोखरेल, सचिवमा विश्वराज बराल, कोषाध्यक्षमा नारायणहरी अधिकारी, सदस्यहरुमा प्रदिप कुमार नापित, कल्पना अधिकारी, चन्द्रप्रकाश ढुंगाना र देवानन्द पोखरेल रहेका छन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष तुलसीराम सुवेदी, पुर्व अध्यक्षहरु दुर्गा प्रसाद पौडेल, जयन्द्रराज भण्डारी, माधव मिश्र, महिला उप–समितिको तर्फबाट पुर्णकुमारी थापा, लेखासमितिको तर्फबाट विष्णुहरी अधिकारी र अर्वाड प्रदान गर्नेहरुको तर्फबाट भक्त तामाङले बोलेका थिए ।

रबिनाथ दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक जनकराज तिवारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कपिल सापकोटाले गरेका थिए ।

गाउँ सहर संवाददाता