आजदेखि दिउँसाे गर्मी हुने, काठमाडाैंमा बिहानकाे न्यूनतम तापक्रम १ डिग्री सेल्सियस
- गाउँ सहर संवाददाता
- २५ माघ आइतबार, २०७७ | ०७:३६:०० मा प्रकाशित
काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावले बदली भएको मौसममा आजदेखि सुधार आउने भएको छ ।
शनिवार काठमाडाैं उपत्यका लगायत उच्च हिमाली भेगमा हिउँ परेकाे छ । हिमपातका कारण अहिले काठमाडाैंसहित देशका धेरै ठाउँमा चिसो छ ।
आज काठमाडाैंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले चिसो भए पनि तापक्रम बिस्तारै बढ्दै जाने मौसमविद्ले जनाएका छन् ।
हिजाे काठमाडाैं उपत्यका वरपरका शिवपुरी, चन्द्रागिरी, फूलचोकीसहित नगरकोट क्षेत्रमा हिजो हिउँ परेको छ ।
त्यसैगरि मकवानपुरको दामन र पालुङ, दोलखाको कालीन्चोकसहित गौरीशङ्कर संरक्षण क्षेत्रका विभिन्न ठाउँ, रामेछापकाे शैलुङ्ग, गाल्बा, सुनापति र सिन्धुपाल्चोकका हिमाली क्षेत्रमा पनि हिउँ परेको छ ।
सुदूरपश्चिमका हिमाली जिल्लामा भने गएको बिहीवार, शुक्रवारदेखि नै हिमपात सुरु भएको थियो । पश्चिमी वायुको प्रभावका कारण हिमपात र केही ठाउँमा हल्का वर्षा भएको मौसमविद्ले बताएका छन् ।
अब केही दिन उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोको समयमा गर्मी बढ्ने अनुमान गरिएको छ । तर, अहिले बाक्लो हिमपात भएको ठाउँ र तराईका केही जिल्लामा भने केही दिन चिसो नै हुने अनुमान छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस