स्वास्थ्य

कोरोनाका कारण विश्वमा कुल संक्रमितमध्ये ३% को मृत्यु, ९७% ले गरे स्वास्थ्य लाभ

काठमाडौँ । कोरोनाभाइरसका कारण विश्वमा कुल संक्रमितको संख्या १० करोड ५९ लाख ६ हजार ३७६ पुग्दा ७ करोड ७५ लाख २४ हजार ४२४ जनाले स्वास्थ्य लाभ गरेका छन् । यसमा २३ लाख ८ हजार ८४२ जनाको भने मृत्यु भएको छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार विश्वमा कोरोनाका सक्रिय केश अहिले २ करोड ५९ लाख २८ हजार १९० मा छ । अहिलेसम्म भाइरसबाट निको हुनेहरुको प्रतिशत ९७ रहेको छ भने गम्भीर रोगीको प्रतिशत ०.४ रहेको छ । तर सक्रिय केशमा ९९.६ प्रतिशतको अवस्था भने सामान्य रहेको छ ।

नेपाल इन्फोको ४४ औँ रेंकमा छ । देशमा अहिले सक्रिय संक्रमितको संख्या २ हजार १०८ रहेको छ । भाइरसका कारण मृत्यु हुनेको संख्या अहिलेसम्म २ हजार ३५ पुगेको छ ।

गाउँ सहर संवाददाता