शेयरबजारमा उछाल, ६५ अंकले बढ्दा नेप्से २५ सय नजिक
- शेयरबजार
- २० माघ मंगलबार, २०७७ | १५:५६:०० मा प्रकाशित
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६५ अंकले उकालाे लागेकाे छ । साताको तेस्रो दिन आज (मंगलबार) उछाल आएको छ ।
नेप्सेका अनुसार आज नेप्से ६५.४९ अंकले बढेर दुई हजार चार सय ७३ दशमलब ७४ विन्दुमा पुगेको छ । यो बिन्दु हादसम्मकै उच्च हो । यसअघि माघ १२ गते नेप्से दुई हजार चार सय ४० दशमलब ८७ विन्दुमा पुगेको थियो ।
त्यस्तै, आज ८ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये होटलबाहेक अन्य सबै समूह बढेका छन् । आज २० भन्दा बढी कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ ।
बजारमा २ सय कम्पनीको १ करोड ५३ लाख २५ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएका छन् ।
होटल बाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् । यसदिन इन्स्योरेन्स तथा लघुवित्त समुहमा विशेष आर्कषण देखिएको छ । तीन कम्पनीको शेयर मूल्य दश प्रतिशतले बढ्दा दुई दर्जन बढी कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
प्रतिकृया दिनुहोस