शेयरबजारमा उछाल, ६५ अंकले बढ्दा नेप्से २५ सय नजिक
- शेयरबजार
- २० माघ मंगलबार, २०७७ | १५:५६:०० मा प्रकाशित

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६५ अंकले उकालाे लागेकाे छ । साताको तेस्रो दिन आज (मंगलबार) उछाल आएको छ ।
नेप्सेका अनुसार आज नेप्से ६५.४९ अंकले बढेर दुई हजार चार सय ७३ दशमलब ७४ विन्दुमा पुगेको छ । यो बिन्दु हादसम्मकै उच्च हो । यसअघि माघ १२ गते नेप्से दुई हजार चार सय ४० दशमलब ८७ विन्दुमा पुगेको थियो ।
त्यस्तै, आज ८ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये होटलबाहेक अन्य सबै समूह बढेका छन् । आज २० भन्दा बढी कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ ।
बजारमा २ सय कम्पनीको १ करोड ५३ लाख २५ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएका छन् ।
होटल बाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् । यसदिन इन्स्योरेन्स तथा लघुवित्त समुहमा विशेष आर्कषण देखिएको छ । तीन कम्पनीको शेयर मूल्य दश प्रतिशतले बढ्दा दुई दर्जन बढी कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस