स्वास्थ्य

मुलुकभर थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २६४ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६६  हजार ६०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा काेराेना संक्रमित कसैकाे पनि निधन भएकाे छैन । 

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको  मन्त्रालयले जानकारी दिएको हो।

गाउँ सहर संवाददाता

तपाईँको मत