साताको दोस्रो दिन शेयरबजारमा हरियाली
- गाउँ सहर संवाददाता
- १९ माघ सोमबार, २०७७ | १५:५२:०० मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) हरियाली छाएको छ ।
नेप्सेका अनुसार आज नेप्से ३७.७० अंकले बढेर दुई हजार चार सय ८ दशमलब २४ विन्दुमा पुगेको छ भने झण्डै ७ अर्बको कारोबार भएको छ ।
त्यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये माइक्रोफाइनान्स र म्युचुअल फण्डबाहेक अन्य सबै समूह बढेका छन् । आज १० कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ ।
निरन्तर सुधारउन्मुख रहेको शेयर बजार दुई दिनको करेक्शन पश्चात सुधारको लयमा देखिएको छ । दुई दिनमा ७० अंक ओरालो लागेको नेप्सेमा सोमबार करिब ३८ अंकको सुधार आएको छ । गत बिहीबार १६.५५ अंकले झरेको नेप्से आइतबार ५४.७५ अंकले ओरालो लागेको थियो ।
यसदिन ६ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा २०३ कम्पनीको १ करोड ३३ लाख ११ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएकाे छ ।
झण्डै एकदर्जन कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस