अर्थतन्त्र

साेमबार शेयर बजारमा उतार चढावबीच पनि दाेहाेराे अंककाे बृद्धि

काठमाडाैं । साेमबार शेयरबजारमा उतारचढाव देखिएकाे छ । यसदिन नेप्से सूचक १६.०४ अंकले बढेर २४४०.८८ विन्दुमा पुगेको छ ।

यस दिन २०८ वटा कम्पनीको १ करोड ९२ लाख कित्ता शेयर ८ अर्ब ९० करोड रुपैयाँमा खरिद बिक्री भएको छ ।

५ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ । नागरिक लगाानी कोषको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको भने श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशतले घटेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ६० करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता