कास्कीका दुई सहकारी नयन र मादीरुदी एकीकरण
- गाउँ सहर संवाददाता
- १० माघ शनिबार, २०७७ | २०:४५:०० मा प्रकाशित

लेखनाथ । पोखरा महानगरपालिका वडा नं.२६ को नयन बचत तथा ऋण सहकारी संस्था र मादीरुदी कृषि सहकारी संस्था एकीकरण भएका छन् । एकीकरण गरिएको सहकारीको नाम नयन बचत तथा ऋण सहकारी संस्था लिमिटेड राखिएको छ ।
एकीकरण पश्चात् सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिकाको अध्यक्षमा टिकाराम सापकोटा, उपाध्यक्षमा कृष्णप्रसाद सुवेदी, सचिव शिवहरि सुवेदी, कोषाध्यक्ष अर्जुनप्रसाद सुवेदी, सहसचिव शोभामोहन सुवेदी,सदस्यहरुमा दामोदर सापकोटा, सन्तोष सुवेदी,सन्दिप सुवेदी, मेनका लामीछाने,शिवराज अधिकारी रहेका छन् ।
यसै गरी लेखा समितिको संयोजकमा बुद्धिसागर पौडेल, सदस्यहरुमा नविन सुवेदी, शालिकराम तिवारी रहेका छन् । कार्यकाल ४ वर्षको हुने बताइएको छ ।
नयन बचत तथा ऋण सहकारी संस्था र मादीरुदी कृषि सहकारी संस्थाका अध्यक्ष को संयुक्त अध्यक्षतामा एकीकरण घोषणा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, पोखरा महानगरपालिका वडा नं २६ का वडा सदस्य रामाकृष्ण जिसी , मादीरुदी कृषि सहकारी संस्थाका अध्यक्ष विश्वराज अधिकारी लगाएतले बोलेका थिए ।
एकीकृत सहकारीको शेयर सदस्य १०७८ र कुलसेयर रकम जम्मा ४ करोड १४ लाख ७२ हजार १ सय ९४ भएको छ । सहकारीको पूँजी १५ करोड ३५ लाख ९४ हजार ४ सय ९५ रुपैया रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस