ओलीको राजनीतिक प्रतिवेदन : गलत प्रवृत्ति र पात्रहरूका कारण एकीकरण असफल (पूर्णपाठ)
- गाउँ सहर संवाददाता
- ६ बैशाख सोमबार, २०७८ | २०:४९:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको आज बसेको बैठकले अध्यक्ष के पी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना भए पनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्याहरूको समाधान हुने सम्भावना एकदमै कम देखिएको निष्कर्ष प्रतिवेदनमा रहेको बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
प्रवक्ता ज्ञवालीले प्रतिवेदनमा नेकपाको तीन वर्षे कार्यकालको समीक्षा गरिनुका साथै पार्टी एकीकरणको मनसाय सही भए पनि केही गलत प्रवृत्ति र पात्रहरूका कारण एकीकरण असफल भएको निष्कर्ष निकालिएको बताए ।
बैठकले माधव नेपाल, भीम रावल घनश्याम भुषाल, सुरेन्द्र पाण्डे सहित कर्णाली प्रदेशमा माधव समूहले गरेको फ्लोर क्रसमा संलग्न ४ जना प्रदेश सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए ।
अदालतको फैसलाबाट तीन वर्षदेखि जारी एकीकृत पार्टी निर्माणको एउटा प्रयास बीचैमा टुंगिएको उल्लेख गर्दै ओलीले त्यसअघि नै पार्टीमा समस्या उत्पन्न भइसकेको दावी प्रतिवेदनमा गरेका छन् । नेकपा निर्माण र यसको अन्त्यबारे समीक्षा गर्दै प्रतिवेदनमा ओलीले प्रचण्डको अवसरवादी र अस्थिर भूमिकाको कारण त्यो एकता असफल भएको आरोप लगाएका छन् ।
ओलीले माधव नेपाल लगायतका नेताहरु पनि पार्टी विभाजनको कारक रहेको उल्लेख गरेका छन् ।उनको आरोप छ, ‘माधव नेपाल लगायत नेकपा एमालेका केही नेताहरूको कुण्ठापरस्त, निहित स्वार्थप्रेरित र गुटगत क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको छ ।’
एमाले महाधिवेशन आयोजक कमिटीको अर्को बैठक वैशाख १० गते बस्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस