अर्थतन्त्र

ज्योति विकास बैंकको समाचारलाई लिएर ध्यानाकर्षण (विज्ञप्तिसहित्)

काठमाडौँ । ज्योति विकास बैंकले सञ्चारमाध्यममा आएको 'ज्योति विकास बैंकको घोटालामा राष्ट्र बैंकको मौनता' शीर्षकमा ध्यानाकर्षण भएको बताएको छ ।

शुक्रबार बैंकले विज्ञप्ति जारी गरी सो समाचार शीर्षकमा ध्यानाकर्षण भएको बताएको हो ।

बैंकद्वारा जारी विज्ञप्तिमा सहज पहुँच भएको बृहत वित्तीय सेवा तथा सूचना मार्फत नागरिकको जीवनमा सार्थक एवम् शाश्वत समृद्धि प्राप्त गर्ने उद्धेश्य लिएर आफ्नो क्षेत्रमा अगाडि बढेको बैंकको विषयमा यस्ता भ्रमपूर्ण तथा आधारहीन समाचारबाट बैंकको साखमा प्रतिकूल प्रभाव पर्ने उद्धेश्यका साथ समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमको विश्वसनीयतामा समेत आँच आएको बताइएको छ ।

"आफ्नो पवित्र उद्धेश्यमा क्रियाशील हुँदैगर्दा यस प्रकारका आधारहीन समाचारप्रति यस बैंक कानुनी उपचारका लागि समेत वाध्य हुने व्यहोरा सम्बन्धित सबैका जानकारीका लागि अनुरोध गर्दै सम्प्रेषित समाचारको भ्रममा नपर्न सबैमा बैंक अनुरोध गर्दछ" विज्ञप्तिमा भनिएको छ ।

पूर्ण विज्ञप्ति यस्ताे छ

गाउँ सहर संवाददाता