नेकपाकाे आपसी घर झगडाले प्रजातन्त्र धरापमा पर्यो : अध्यक्ष लाेहनी
- गाउँ सहर संवाददाता
- ६ माघ मंगलबार, २०७७ | १४:१३:०० मा प्रकाशित
.jpeg)
मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीका कारण प्रजातन्त्र धरापमा परेको बताएका छन् ।
पार्टीको चुनाव चिन्ह सार्वजनिक तथा झन्डा अनावरण कार्यक्रममा बाेल्दै अध्यक्ष लाेहनीले जनताले स्थिर सरकारको निमित्त झन्डै दुई तिहाई मत नेकपालाई दिए पनि नेकपाले त्यसको सदुपयोग गर्न नसकेको र आपसी घर झगडाको कारण जनप्रतिनिधि मुलक संस्थाको विघटन गरेको बताउदै नेपालको संविधानले प्रम ओलीलाई संसद विघटन गर्ने अधिकार कतै नदिएको बताएका छन् । संसद बिघटन कार्यको वैधानिकताको विषयमा अदालतले गर्ने फैसला ऐतिहासिक हुने बताउदै उनले कानुनी राजप्रति सबैको आस्था रहेको बताएका छन् ।
उनले राजनैनिक तथा कुटनैतिक सबै रुपमा सरकार असफल भैसकेको कारण वर्तमान सरकारको कारण अन्तर्राष्ट्रिय रुपमा नेपालको छविसमेत धमिलिएको बताए ।
प्रम ओलीको सर्वसत्तावादी चिन्तनको कारण प्रजातन्त्र धरापमा परेको र आफूहरु प्रजातन्त्रको संरक्षणको निमित्त राजसंस्था स्थापनार्थ आन्दोलनरत रहेको बताएका छन् ।
फरक प्रसंगमा डा. लाेहनीले राजसंस्था र हिन्दू राष्ट्र राप्रपाको मुल सिद्धान्त रहेकोले यसको रक्षा, संरक्षण गर्नु आफूहरुको कर्तव्य रहेको बताएका छन् । भ्रष्टाचार र शक्तिको दुरुपयोग असाधारण रुपमा बढेको उल्लेख्य गर्दै यो प्रवृत्ति नियन्त्रण गर्न जनता अब जुरमुराउनु पर्ने बताए ।
कार्यक्रममा पार्टीका अन्य नेताहरु श्याम तिमिल्सिना, जनकराज पाठक, सगुन लावती, राजु लोहनी, नरेश राइ लगायतले सम्बाेधन गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस