घरबाट हिड्नुअघि मौसम पूर्वानुमानबारे थाहापाइराख्नुस्
- गाउँ सहर संवाददाता
- ४ माघ आइतबार, २०७७ | ०८:२०:०० मा प्रकाशित
काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
अहिले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल लागेको छ भने तराईमा हुस्सु तथा कुहिरो लागेको छ । महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
यसैगरी, आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यसैबीच आज बिहान काठमाडाैंको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको छ । राति बादल लागेकोले न्यूनतम तापक्रम बढेको र केही न्यानो भएको छ ।
काठमाडाैंमा आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस हुने अनुमान गरिएको छ । अहिले सामान्य बद्ली रहेको काठमाण्डौ उपत्यकामा दिउँसो घाम लाग्ने मौसम पूर्वानूमाान् महाशाखाले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस