अर्थतन्त्र

सेञ्चुरी कमर्सियल बैंकले ७.५० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडाैँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आव २०७६/७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

बैंकले चुक्तापूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको हाे ।

मिति २९ मंसिर २०७७ मा बसेको बैंकको ३२६औं सञ्चालक समतिको बैठकले चुक्तापूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको १० औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने बैंकले जनाएकाे छ ।

थप जानकारीका लागि बैंकले आधिकारीक वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न अनुरोध गरेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत