अर्थतन्त्र

एनआईसी एशिया बैंकद्वारा लाभांश घोषणा

काठमाडाैं । एनआईसी एशिया बैंकले लाभांश घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष ०७९।०८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको हो।

बैंकको सञ्चालक समितिको बैठकले ३० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि १ दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बैंकले घोषणा गरेको लाभांश आउँदो वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकले पारित गरेपश्चात लगानीकर्ताले पाउनेछन्।

गाउँ सहर संवाददाता

तपाईँको मत