‘स्वास्थ्य उपकरण, औषधि देश भित्रिएको छैन’ किन ढिला भयो प्रधानमन्त्रीज्यू ?
- गाउँ सहर संवाददाता
- ३ बैशाख बुधबार, २०७७ | १२:५०:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ विरुद्ध लड्न आवश्यक औषधि, स्वास्थ्य उपकरण हालसम्म आयात नगरिएकोमा गम्भीर आपत्ति जनाएका छन् ।
स्वास्थ्य उपकरण र औषधिको अभावमा महामारीलाई परास्त गर्न संभव नहुने भन्दै अध्यक्ष राणाले प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन् ।
‘कसरी ल्याउने, कसले ल्याउने भन्ने चर्चा ठूलो भए पनि स्वास्थ्य उपकरण, औषधि देश भित्रिएको छैन । किन ढिला भयो प्रधानमन्त्रीज्यू गोलीगठ्ठा बिना युद्ध लडिन्न । समस्या के हो ?’ बुधबार राणाले एक सन्देशमा भने ।
‘कोभिड–१९ महामारीको बेला विलम्ब गर्ने छुट हामी कसैलाई छैन । अरू ढिलाई नगरौं, सरकारलाई मेरो विनम्र आग्रह छ,’ उनले भने ।
विपन्नलाई राहत दिने क्रममा स्थानीय तहमा सढेगलेको सामाग्री वितरण गरिएको भन्दै राणाले आपत्ति जनाएका छन् ।
‘सिराहा, बाजुरा, बारा, जुम्ला जिल्लाहरूमा राहतको नाममा कुहिएको, म्याद नाघेको खाद्य सामाग्री वितरण गरिएको समाचार छ । किरा लागेको, गन्हाउने दाल, चामलबाट सर्वसाधारणलाई पखलासमेत लागेको छ,’ उनले भने ।
स्थानीय जनताको स्वास्थ्यमाथि खेलवाड गर्नेलाई दण्डित गर्नु पर्ने उनको माग छ । राणाले भने, ‘राहत कोषको दुरुपयोग, लापरवाही क्षम्य हुँदैन । छानवीन र दोषीउपर कारवाही आवश्यक छ ।’
राप्रपा अध्यक्ष राणाले वैदेशिक रोजगारमा जाने नेपाली युवाहरूको समस्याप्रति सरकार निर्मम होइन, पूर्वतयारीका साथ जिम्मेवार हुनु पर्ने भनेर सरकारको ध्यानाकर्षण गरेका छन् ।
‘कुवेत, मालदिभ्स, यूएईले आप्रवासी कामदार फिर्ता पठाउने निर्णय प्रक्रिया थालनी गरेको छ । नेपाली श्रमिक रहेका अन्य मुलुकले पनि यस्तो कदम चाल्ने नै छन्’ उनले ट्वीटमा भने ।
‘लाखौं कामदार नेपाल फर्कदा संक्रमण, क्वारेन्टाइन र रोजगारीको ठूलो चुनौति थपिनेछ । निर्मम हैन, पूर्वतयारी र जिम्मेवार सरकार चाहिएको छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस