गाउँ सहर

नियमित दैनिकीमा परिवर्तन गर्न नायक राजेश हमालकाे सुझाव

  • ९ चैत आइतबार, २०७६ | ०९:४९:०० मा प्रकाशित

काठमाडौं । नायक राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश दिँदै नायक हमालले कोरोनाबाट विश्वका अधिकांश देश प्रभावित भएको भन्दै यसबाट सुरक्षित रहन अनुरोध गरेका हुन् ।

हमालले कोरोना भाइरस (कोभिड-१९) को प्रभाव पहिलो र दोस्रो विश्व युद्धको भन्दा ठूलो भएको भन्दै यसबाट सचेत रहन आग्रह गरेका छन् ।

हमालले आफूले सबै कार्यक्रम रद्ध गरिसकेको भन्दै सामाजिक गतिविधि कम गर्न भनेका छन् । चारपाँच दिन यता आफूले दैनिकीमा पूरै परिवर्तन गरेको बताउँदै उनले भीडभाडमा नजान तथा धेरै जम्मा हुने कार्यक्रममा नजान पनि भनेका छन् ।

अंकमाल तथा हात मिलाउने कार्य नगर्न आग्रह गर्दै उनले पटकपटक हात धुन भनेका छन् । हात मुख तथा अनुहारमा नलैजान अनुरोध गर्दै उनले साबुन पानीले हात धुन आग्रह गरेका छन् । 

हात जोडेर नमस्कार गर्न आग्रह गर्दै हमालले कोरोना रोकथामपछि पनि हात मिलाउने संस्कारलाई निरन्तरता दिन सके राम्रो हुने बताएका छन् । 

कोरोना भाइरसको रोकथामका लागि कुनै एक देश र क्षेत्रले मात्रै चाहेर नुहने भन्दै विश्वभरका विकसित देशको पनि यसमा चासो र सहयोग आवश्यक हुने उनी बताउँछन् । गरिब मुलुकका नागरिकको स्वास्थ्य अवस्थाबारे पनि विकसित देशलले ध्यान दिनुपर्ने बताएका नायक हमालले अहिले रोजगार भन्दा पनि पहिलो प्राथमिकता स्वास्थ्य भएकोमा जोड दिएका छन् । 

स्वास्थ्य नै पहिलो धन भएको भन्दै अहिलेको परिस्थितिमा कुनै पनि क्षेत्रले यसलाई कमाउने समयका रुपमा प्रयोग गर्न नहुनेमा उनको जोड छ । 

तपाईँको मत