विश्व

रक्सीको नशामा युवकले सर्पलाई पक्रेर दांतले चबाए, ४ टुक्रा पारे

  • १४ श्रावण मंगलबार, २०७६ | १३:५५:०० मा प्रकाशित

एटा उत्तरप्रदेश भारत । अधिकांश समय सर्पले मानिसलाई टोकेको सुनिन्छ तर शुक्रबार राति एटामा अचम्मको कुरा भयाे । रक्सीको नशामा रहेका युवकलाई सर्पले टोक्यो, रिसाएका युवकले सर्पलाई दांतले चबाएर टुक्रा टुक्रा पारे । सर्पलाई दांतले चबाएपछि तुरुन्तै युवक त्यहिँ बेहोश भएर लडे । आफन्तले तुरुन्तै अस्पताल लगे । त्यो समय उनको अवस्था एकदमै नाजुक थियो ।

एटाको असरौली गाउँका राजकुमारको घरमा शुक्रबार समारोह थियो । धेरै आफन्त, छिमेक भेला भएका थिए । खुसीयालीमा उनले रक्सी पिए । त्यहिबेला एक सर्प देखापर्यो र मानिसहरु भागाभाग गर्न थाले, केही मार्न ।

नशामा रहेका राजकुमारले सर्पमाथि प्रहार गरे । सर्पले उनलाई टोक्यो । रिसाएको राजकुमारले सर्पलाई हातले पक्रेर दांतले टुक्रा टुक्रा पारिदिए । युवकको यस्तो कार्य देखेर सबै दंग परे । तर केही समय पछि राजकुमारको अवस्था बिग्रियो । बेहोस भए र आफन्तले अस्पताल लगे ।

डाक्टरले राजकुमार अहिले अब्जरभेसनमा रहेको बताएका छन् । दैनिक भास्कर
 

तपाईँको मत