अर्थतन्त्र

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभिने सहमतिपत्रमा हस्ताक्षर

  • २० असार शुक्रबार, २०७६ | १६:२३:०० मा प्रकाशित

काठमाडाैं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति –(एक्विजिसन) गर्ने भएकाे छ ।

कमलपोखरी काठमाडौं स्थित केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाडाैं महानगरपालिका वडा नं.-३२, न्यूप्लाजा स्थित केन्द्रीय कार्यालय रहेको “ख” वर्गको वित्तीय संस्था कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति –(एक्विजिसन) गर्ने सम्वन्धमा आज एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरे । 

बैंकले यस अधि कन्काई विकास बैंक र ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने सहमति पत्रमा हस्ताक्षर भई सकेको छ । कैलाश विकास बैंक, कन्काई विकास बैक तथा ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १८९ हुनेछ । 
 

तपाईँको मत