अर्थतन्त्र

ग्लोबल आईएमई र जनता बैंक गाभिने घाेषणा

  • २० असार शुक्रबार, २०७६ | १३:३७:०० मा प्रकाशित

काठमाडौं । ग्लोबल आईएमई बैंक र जनता बैंक गाभिने निश्चित भएकाे छ । आजै राजधानिमा यी दुई बैंकले एक आपस गाभिने समझदारी पत्रमा हस्ताक्षर गर्दै घोषण गरेका हुन् ।

गाभिएपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ। सञ्चालकमा दुई जना जनता बैंकबाट आउने छन्। प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्रीले निरन्तरता पाउने छन्। बरिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन्।

हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी दश अर्ब ३१ करोड रुपैयाँ छ भने जनता बैंकको आठ अर्ब रुपैयाँ छ। ग्लोबलले जनतालाई ८५ प्रतिशत स्वाप दिएमा दुई बैंक मर्जर भएर बन्ने बैंकको चुक्ता पूँजी १७ अर्ब ११ करोड नाघ्नेछ। 

राष्ट्र बैंका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीति आउनुअघि सबै बैंकहरुलाई आफु सुहाउदो जोडी खोजिसक्न निर्देशन गरेका थिए ।

प्रारम्भिक सम्झौता अनुसार जनता बैंकका शेयरधनीले एक सय कित्ता बराबर ग्लोबल आइएमईको ८५ कित्ता शेयर पाउने बताइएको छ। तर,  सम्पत्ती तथा दायित्व मूल्याङ्कन (डिडिए)  रिपोर्टको आधारमा शेयर स्वाप रेसियो कायम गर्ने सहमति भएको छ। 

गाभिने सम्झौता पश्चात दुबै बैंकको आइतबारदेखि शेयर कारोबार रोकिने भएको छ। 

 

तपाईँको मत