कप्तान रोहितकाे ७५ रनको योगदानमा ओमानसामु २ सय ३० रनको लक्ष्य प्रस्तुत
- गाउँ सहर संवाददाता
- ३ बैशाख मंगलबार, २०७६ | ११:३१:०० मा प्रकाशित
काठमाडाैं । यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । आफ्नो चौथो खेलमा नेपालले ओमानसामु २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतक मद्दतमा ४३.२ ओभरमा २२९ रनको स्कोर खडा गरेकाे हाे ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । उनले यसक्रममा ४ चौका र २ छक्का हिर्काए ।
उनलाई भीम सार्कीले ३९ रन बनाउँदै राम्रो साथ दिए । उनले ४३ बलमा २ चौका र एक छक्का हिर्काए । ब्याटिङमा नेपालको सुरुवात राम्रो हुन सकेन । टिमको स्कोर १२ हुँदा ओपनर पवन सर्राफ व्यक्तिगत ५ रन बनाएर आउट भए । अर्का ओपनर रित गौतम पनि २१ बल खेलेर १० रन मात्रै बनाई आउट हुँदा नेपालको स्कोर ३३ रन थियो ।
अभिषेक बस्नेतले १५ रनको योगदान दिए । ओमानका लागि मुजाहिर राजा, आजम अलि, सञ्जय रवीन्द्र र जिल तन्नाले २–२ विकेट बाँडेका लिए ।
हालसम्म नेपालले दुई खेलमा जीत र एक खेलमा हार बेहोर्दै समूहको दोस्रो स्थानमा रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस