गाउँ सहर

प्रदेश तीनको फोनिज अध्यक्षमा लामा, उपाध्यक्षमा श्रेष्ठ

काठमाडौं । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर ३ मा २३ सदस्यीय कार्यसमिति चयन भएको छ ।  

फोनिजको पहिलो महाधिवेशनले पेमा लामाको अध्यक्षसहित सबै पदाधिकारीको सर्वसम्मत चयन भएका हो । 

उपाध्यक्षमा रामेछापबाट रेडियो तामाकोशीका स्टेशन म्यानेजर तथा गाउँ सहर डट कमका रामेछाप सम्वाददाता युवराज श्रेष्ठ चयन भएका छन् ।

शुक्रबार नुवाकोटमा सम्पन्न भएको महाधिवेशनले महिला उपाध्यक्षमा अञ्जु डिम्दोङ, महासचिव सुरजकुमार भुजेल, संगठन सचिवमा पूर्णिमा स्याबा र संस्थागत सचिव श्याम रानामगर तथा कोषाध्यक्षमा पूर्णभक्त दुवाल चयन भएका छन् । 

रामछापबाट उपाध्यक्षमा चयन भएका श्रेष्ठ डेढ दशकदेखि पत्रकारितामा क्रियाशील छन् । 

श्रेष्ठले यसअघि उदघोषक संघ नेपालको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर काम गरिसकेका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत