केन्द्रीय विद्युत् बाल्ने सपना पूरा
- हेमन्त केसी
- १ चैत शुक्रबार, २०७५ | १३:४६:०० मा प्रकाशित
जाजरकोट । विद्युत्, शिक्षा, सडकमा तीव्र रुपमा विकास गरेपछि जाजरकोटको परिचय फेरिन थालेको छ । एक वर्षअघि मात्र सदरमुकाममा विद्युत्को केन्द्रीय लाइन (९३३) केभी प्रशासरण लाइन जोडिएको थियो ।
आर्थिक वर्ष २०७५-७६ मा पूरै जाजरकोट केन्द्रीय लाइनको पहुँचमा पुग्ने देखिएको छ । जिल्लाका सात स्थानीय तहमा अहिले यो वर्षमा ७० प्रतिशत भू-भागमा ११ केभी प्रशारण लाइन पुगिसकेको छ । बाँकी जिल्लाको नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा विद्युत् जडानका लागि पोल गाड्ने काम तीव्र रुपमा भएको नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले जानकारी दिए ।
भेरी नगरपालिका कुदुमा ३३ केभी प्रशारण लाइनको (सव स्टेशन) वितरण केन्द्र निर्माण भई जिल्ला अन्य ठाउँमा सव स्टेशन निर्माणको काम शुरु भएको छ । निकट भविष्यमा जाजरकोट नलगाड नगरपालिकाको चौखा, छेडागाडको वडावन निर्माण हुने तयारीमा रहेको छ । जिल्लालाई यो आर्थिक वर्षभित्र विद्युतीकरण गरिने लक्ष्यसहित काम तीव्र रुपमा भएको प्राविधिकरणले जनाएको छ ।
जाजरकोट जिल्ला छोएर तीन राष्ट्रिय महत्वका सडक देशका विभिन्न ठाउँमा जाने भएकाले सोही सडकमार्फत जिल्लाका सवै ठाउँमा विद्युत् लिन सजिलो हुने भएपछि सबै ठाउँमा फलामका पोल गाड्ने काम अन्तिमचरणमा पुर्याएको छ ।
जाजरकोट-डोल्पा सडक खण्ड, जाजरकोट–जुम्ला सडक, मध्यपहाडी लोकमार्ग अन्तर्गत जाजरकोट, दैलेख सडक खण्डमा विद्युत्का पोल गाड्ने काम अन्तिमचरणमा पुगेको छ । मुख्य प्रशारण लाइनबाट भेरी नगरपालिकाका र शिवालय गाउँपालिकाका गाउँ, गाउँमा विद्युत् लिनका लागि नौवटा प्रशारण लाइन जोड्नुका साथै टान्समिटर समेत जोडी विद्युत् सुचारु भइसकेको छ । अन्य ६ ठाउँमा काम जारी रहेको छ ।
त्यस्तै ११ केभी प्रशारण लाइन अन्तर्गत नलगाड नगरपालिका हुँदै बारेकोट जोड्ने विद्युत्को लाइन जोड्ने काम जारी रहेको छ । यस खण्ड अन्तर्गत नलगाड नगरपालिका हुँदै तल्लो डोल्पासम्म लाइन विस्तारको काम जारी रहेको छ । कुशे गाउँपालिकामा लाइन विस्तारको काम निरन्तर भइरहेको छ । छेडागाड नगरपालिकामा ६ वटा सहायक लाइन निर्माणका लागि काम काम सञ्चालन गर्न थालिएको छ ।
RSS
National News Agency, Nepal A network for complete information.
- कैदीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि कारागारमा आफन्त भेट्न निषेध
- Development possible with communist unity: Senior leader Khanal
- Media Council Bill in favour of journalists: Minister Banskota
- NHRC Reaccredited as 'A' Status
- Finance Minister urges banks to invest in productive sector
- Two members of Biplav-led group arrested
- CP in Raxual on fire
- लालीगुराँससँग तस्वीर खिच्न काहुँडाँडा
- Rs 1.5 million worth of property destroyed in Dang fire
- HoR passes two bills
प्रतिकृया दिनुहोस