गाउँ सहर

यसरी दिए कांग्रेस नेता भण्डारीले २९७औं पृथ्वी जयन्तीकाे शुभकामना

काठमाडाैँ । आज २७ पौष २९७औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाईयाे ।

यहि दिवसलाई लक्षित गरेर कांग्रेसका नेता चन्द्र भण्डारीले शुभकामना दिएका हुन् ।

उनले विश्व मानचित्रमा अमेरीका उभिनुभन्दा आठ वर्ष अघि नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहलाई नमन र विखण्डनकारी शक्तिलाई परास्त गर्न शक्ति, साहस र ज्ञान मिलाेस् भनेर कामना गरेका छन् ।

नेता भण्डारीले शुभकामनामा भनेका छन्- “अमेरीकाले आफुलाई विश्व मानचित्रमा उभ्याउनु भन्दा आठ वर्ष अघि नेपाल एकीकरण गरि नेपाललाई सार्वभौम, स्वाभिमानी, स्वतन्त्र राष्ट्रकाे रुपमा विश्व सामु चिनाउन सफल पृथ्वीनारायण शाहकाे शालिक ताेड्न र चार जात छत्तिस वर्णको हाम्रो फुलबारीलाई जातका नाममा गाेड्नमा गाैरव गर्ने हामी । उनले विश्वकाे ४८ औं सानो भुपरिवेष्ठित देश दुई ठुला शक्तिशाली राष्ट्रको बीचमा कसरी सुरक्षित र स्वाभीमानपुर्ण तरिकाले आफ्नो धर्म संस्कृति र आफ्नाे पहिचान सहित जाेगाई राख्ने शिक्षा दिएका थिए । हाम्रा आन्तरिक एवम् वाह्य सर्वज्ञ प्रभुहरुलाई सचेत गराउन पर्दछ । ईतिहास साक्षी छ राज्यकाे अस्तित्व अनेकतामा एकता कायम गरेर मात्र सम्भव छ । आज राष्ट्रिय एकता दिवसका दिन राष्ट्र एकीकरण गरि नेपाल जाेगाउने र हामीलाई नेपाली भनी चिनाउने पृथ्वीनारायण शाहलाई हार्दिक नमन र विखण्डनकारी शक्तिलाई परास्त गर्ने हामीलाई शक्ति, साहस एवम् ज्ञान मिलाेस् शुभकामना । जय मातृभूमि ।”

तपाईँको मत