जीवनशैली

उच्च रक्तचाप, मधुमेह र मोटोपनाको जोखिम कम गर्ने हाे ?

अाउनुहाेस साइक्लिङ गराैँ

Eco Trek Nepal

शारीरिक रूपमा  सक्रिय राख्न मर्निङवाक, जगिङ, दौड, पौडी, पैदल हिँडाइ, ट्रेड मिलमा हिँडाइलगायत जुनसुकै तरिका अपनाउन सकिन्छ । तर साइक्लिङको विशेष महत्त्व के छ भने, यो सबैका लागि उपलब्ध र यसमा व्यायामसँगै कार्य सम्पादनसमेत हुन्छ । यसले तपाईंको शक्ति, सन्तुलन र समन्वय बढाउँछ ।

साइकल चलाउँदा मुटु सामान्यभन्दा बढी धड्किन्छ । यसले रक्त सञ्चार राम्रो हुनुको साथै हाम्रो मांसपेशीलाई सही आकारसमेत दिन्छ । साइक्लिङले हाम्रो काम गर्ने स्टामिना (सहनशीलता) बढाउन समेत सघाउँछ । साइकल चलाउँदा मुटुलगायतका रोगमा देखिने लाभबारे भने अहिलेसम्म देशमा कुनै खास अध्ययन भएको भने छैन । शरीरको विभिन्न अवयवको व्यायाम हुनुका साथै हरेक पल एकाग्र रहनुको साथै मन र मस्तिष्कसमेत सक्रिय रहन्छ ।

सबैका लागि शारीरिक व्यायाम अत्यावश्यक छ । दैनिक आवश्यकताका लागि सुरक्षित रूपमा साइकल चढ्नु सबैभन्दा उपयुक्त प्रक्रिया हो । शारीरिक रूपले सक्रिय वयस्कहरूमा असामयिक मृत्यु हुने सम्भावना ३० प्रतिशतसम्म कम हुन्छ भने मुटु रोग, मधुमेह, क्यान्सर, स्ट्रोक आदि जस्ता दीर्घ रोगहरू विकसित हुने सम्भावना आधाभन्दा कम हुन्छ ।’ शारीरिक सक्रियता नभएकाहरूलाई सक्रिय व्यक्तिको दाँजोमा हार्ट अटयाक हुने सम्भावना दोब्बर हुन्छ ।

 साइक्लिङ सहज, सुलभ र सस्तो यात्रा साधन र वातावरणमैत्री मात्रै नभई समग्र स्वास्थ्यमै सकारात्मक प्रभाव पार्छ । साइकल चलाउँदा हामीले राम्रो अनुभव गर्ने न्युरो ट्रान्समिटर ‘इन्डोर्फिन’ शरीरमा निस्किन्छ । दिनमा दुई पटक एक वा आधा घन्टाकै भए पनि छोटो दूरीको यात्रामा निस्कँदा मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । मुटु तथा रगतका नलीहरू (कार्डियो भास्कुलर) सम्बन्धी प्रणालीलाई धेरै फाइदा पुर्‍याउँछ । साइकल चलाउँदा  पेट, पिठ्युँ, हात लगायतका मांसपेशीहरूसमेत सक्रिय हुन्छन् । 

अमेरिकन हार्ट जर्नलमा प्रकाशित अध्ययनको अनुसार ४३ वर्ष औसत उमेर भएका करिब २४ हजार स्विडिसमा एक दशकसम्म गरिएको अध्ययनमा नियमित साइकल चलाइरहेका वा चलाउन सुरु गरेकाहरूमा साइकल नचलाउनेको दाँजोमा उच्च रक्तचाप, मधुमेह, उच्च ट्राइग्लिसराइड र मोटोपनाको जोखिम धेरै कम हुन्छ  ।

यस्तै, दुई दशकसम्म गरिएको यो अध्ययनले जर्नल सर्कुलेसनमा प्रकाशित ५०–६५ वर्ष उमेर समूहका करिब ४५ हजार डेनिसमा गरिएको अध्ययनअनुसार सातामा आधा घण्टादेखि एक घण्टासम्म साइकल चलाउनेहरूमा साइकल नचलाउनेको तुलनामा धेरै कम मात्रामा हार्ट अटयाक हुने सम्भावना हुन्छ ।

कसले साइकल चलाउने ?

जोर्नीको समस्या भएकाहरू, शारीरिक सन्तुलनको समस्या वा अति वृद्धबाहेक हरेक व्यक्तिले साइकल चलाउन सक्छन् । मुटु रोगी, उच्च रक्तचाप भएकाहरू, मधुमेहका रोगी, हृदयाघात भइसकेकाहरू लगायत सबै खाले व्यक्तिले सुरक्षित तरिकाले साइकल चलाउन सक्छन् ।

मुटु रोगी वा हार्ट अटयाक भइसकेकाले समेत व्यायाम गर्न बन्द गर्नु हुँदैन । तर अति व्यायामबाट पनि बच्नुपर्छ । जोर्नीको दुखाइ भएकाहरूले विशेषज्ञको सल्लाहमा साइकल चलाउन सक्छन् । धेरै गर्मी वा धेरै जाडोमा साइकल नचलाउने । साइकल चलाउँदा सास फेर्नमा समस्या भए चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

नियमित साइकल चलाउँदाका फाइदाहरू

– तनावको स्तर घटाउँछ ।

– चिन्ता र उदासीपना कम गर्छ ।

– मुटु रोगी र रक्त नलीसम्बन्धी स्वास्थ्य राम्रो हुन्छ ।

– शरीरको बोसोको स्तर कम गर्छ ।

– जोर्नीको गतिशीलता बढाउँछ ।

– शारीरिक र मानसिक स्वास्थ्य राम्रो बनाउँछ ।

– मांसपेशीको शक्ति र लचिलोपन बढाउँछ ।

– मोटोपना घटाउनुका साथै तौल नियन्त्रण गर्छ ।

– हाड बलियो बनाउँछ ।

– धेरै रोगबाट जोगाउँछ ।

साइकल चलाउँदा ध्यान दिनुपर्ने कुराहरू

– साइकल चलाउनुअघि मांसपेशीलाई तताउन (वार्म अप) र तन्काउन (स्ट्रेच) नबिर्सनुहाेस् ।

– उमेर र क्षमताअनुसार आफ्नो लक्ष्य निर्धारण गर्नुहाेस् ।

– मौसमअनुसारको उपयुक्त लुगा लगाउनुहाेस् ।

– हेल्मेट मात्र नभई घुँडा र कुहिनोको गार्डसमेत लगाउनुहाेस् ।

– पर्याप्त मात्रामा पानी पिउनुहाेस् । एजेन्सीकाे सहयाेगमा 

 

 

तपाईँको मत