कला

गजल...

सायद दिनेलाई यस्तो बिचार आएन,
त्यसैले त भाग्य लिएर निधार आएन ।।

हरेक साल आउँछन् यी चार्डवाडहरु,
पर्देसीलाई कहिले दशैं तिहार आएन ।।

पोहोर पनि यस्तै परार पनि यस्तै भो,
धन्न रोकिएछन् आँसु चीत्कार आएन ।।

काेही बर्षाै देखि पर्खाईमैछन् कसैको,
फर्किने बुज्दैन,उसलाई हतार आएन ।।

कति गजब छ यो बाध्यता भन्ने कुरा,
बनाई दिनेलाई मनमा पियार आएन ।।

२२/०७/२०७५

तपाईँको मत