अर्थतन्त्र

पर्यटन प्रवद्र्धनमा नगरपालिकाको जोड

  • ५ कार्तिक सोमबार, २०७५ | ०७:४५:०० मा प्रकाशित
फाइल तस्विर

धम्बोझी । तारातालमा पर्यटक बढेसँगै बर्दियाको मधुवनको नगरपालिकामा नौ वडालाई मिलाएर बनाइएको मधुवन नगरपालिकाभित्र विकासे योजनालाई अहिले तीव्रता दिन थालिएको छ । 
ताराताल हेर्न आउने पर्यटकको घुइँचो रहेकाले नगरपालिकाले ताललाई संरक्षण र भौतिक निर्माणका लागि विशेष योजना ल्याएको नगरप्रमुख गणेश क्षेत्रीले बताए । उनले नगरपालिकाले सबै वडामा गरी करीब रु २१ करोड बराबरका विकासे योजना तर्जु गरी पर्यटकीय क्षेत्रमा विशेष कार्यक्रम ल्याएको जानकारी दिए । 

शिक्षा, स्वास्थ्य, सडक, पर्यटन, कृषि खेलकूद उद्योग व्यापार, रोजगारलगायतका विभिन्न क्षेत्रमा गरी अन्य ठाउँका स्थानीय तहभन्दा फरक शैलीमा ठूलो धनराशि खर्च गर्न लागिएको बताइएको छ । 

फरक शैलीमा जनप्रतिनिधिसँगै कर्मचारीले काम गर्न थालेपछि अहिले सामाजिक, आर्थिक र भौतिक विकास, धार्मिकस्थल पर्यटकीय क्षेत्रले विकासको गति लिन थालेको छ । नगर प्रमुख खत्रीले आगामी शैक्षिक सत्रदेखि मधुवन नगरपालिकाभित्र पर्ने ३१ वटै सामुदायिक विद्यालयमा अनिवार्यरुपमा अङ्गे्रजी माध्यमबाट पढाइ गराउने गरी पहल भइरहेको बताए । 

यस्तो प्रकारको शिक्षण विधिले सामुदायिक र निजी क्षेत्रमा सञ्चालित विद्यालयबीचको अन्तर कम हुने विश्वास लिइएको छ ।  रासस 

तपाईँको मत