वातावरण

बेथानमा प्राकृतिक प्रकोप दिवस मनाइयो

  • २८ असोज आइतबार, २०७५ | ११:३०:०० मा प्रकाशित

३ नं प्रदेश अन्तर्गत रहेको सामुदायिक विद्यालय व्यवस्थापन महासंघ र स्थानीय सरकारको आयोजनामा विश्व प्राकृतिक प्रकोप दिवस रामेछापको सुनापनति गाउँपालिकाको कुशेश्वर माबिमा बिबिध कार्यक्रम गरि मनाइएको छ ।

प्राकृतिक प्रकोपबाट जोगिन सन्देस दिने खालका बिभिन्न प्लेकार्ड सहितको र्याली विद्यालयबाट निस्किएको र्याली स्थानीय शहिद गोबिन्द खडका चोकमा पुगेर विद्यालयमा रहेको बाल क्लवले सन्देशमुलक नाटक प्रर्दशन गरेको थियो ।  

उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एबं कुशेरुवर माबि का स्रोत व्यक्ति डम्बर कार्कीले यस्ता कार्यक्रमले बालवालिकाहरुलाई प्राकृतिक प्रकोपबाट जागाउने तरिका सिकाउने भएकाले कार्यक्रम उपलब्धीपूर्ण रहेको बताए ।

कार्यक्रम  सामुदायिक विद्यालय व्यवस्थापन महासंघ ३ नं प्रदेशका अध्यक्ष केशब चालिसेको अध्यक्षतामा भएको कार्यक्रमकी सँयोजक सरस्वती रायमाझीले बताइन् ।   
 

तपाईँको मत