जीवनशैली

घरमै बनाएर खानुहोस तात्तातो जलेबी (जेरी)

  • ३ भदौ आइतबार, २०७५ | १३:५८:०० मा प्रकाशित

काठमाडौँ । तात्तातो जलेबी (जेरी) सुनेर तपाइँको मुखमा पाएको होला । तर तपाइँ यो कुराले झनै खुसी हुनुहुन्छ सजिलैसँग तपाइँ घरमै जलेबी बनाउन सक्नुहुन्छ ।

सामाग्रीहरु

  1. मैदा १ कचौरा
  2. यीस्ट (मर्चा) आधा चमच
  3. घीउ
  4. चीनी ४ कप
  5. दूध १ ठूलो चमच
  6. केसर ८—१० रेशा ।

बनाउने विधि
सबैभन्दा पहिले यीस्टमा आधा कचौरा मनतातो पानी हाल्नुहोस र फुल्न नदिनुहोला । यसपछि एक भाँडोमा मैदा हाल्ने र यीस्टको पानी हालेर घोल्ने ।
यो कुराको ध्यान दिनुहोस कि घोल बढी पातलो र बढी बाक्लो पनि नहोस् । अनि छाडिदिनुहोस । अब यसमा मैदामा मर्चा उठ्न थाल्छ । यसपछि जलेबीको लागि चाश्नी तयार गर्नुहोस् । यसको लागि कराइमा पानी र चीनी हालेर धीमी तरिकाले पाक्न दिनुहोस् । यसलाई चलाइरहनुहोस् । यसपछि एउटा तारको चाश्नी बनाउनुहोस् । र यसमा हालेर पकाउनुहोस् । अब जलेबी बनाउनको लागि कराइमा घीउ हालेर जलेबी बनाउने कपडा या बोतलबाट जलेबीको डिजाइनको टुक्रामा लैजानुहोस् । त्यसपछि पल्टाउँदै पकाउनुहोस र तात्तातो जलेबी घरमै खानुहोस् । लाइभ हिन्दुस्तानको सहयोगमा
 

तपाईँको मत