गाउँ सहर

नाग पञ्चमी : थाहा छ ! नाग देवतालाई किन चढाइन्छ दूध ?

काठमाडौँ । साउन ३१ अर्थात बिहिबार नाग पञ्चमी । यो दिन नाग देवताको पूजाआजा गरेर उनलाई दूध चढाउने परम्परा चलिआएको छ । कयौँ स्थानहरुमा आज विभिन्न कार्यक्रमहरु गर्ने गर्छन् । तर सबैले के मान्दछन भने नाग पञ्चमीमा नाग देवतालाई दूध चढाउने वा सर्पलाई दूध ख्वाउनेको पछाडि केही न केही कारण छ ।

हिन्दु धर्मको कथामा भनिएको छ, नाग पञ्चमीको दिन नागको पूजा-आजा गरेर दूध ख्वाउँदा लक्ष्मी गृह प्रवेश हुन्छिन् । दूध ख्वाउँदा नाग देवता खुसी हुने र उनको कृपाले घरबाट लक्ष्मी कहिल्यैपनि बाहिर नजाने बताइएको छ । नाग देवताको पूजा गर्दा मानिसमा सर्पदंशको डर पनि हुँदैन । तर वन्यजन्तु बैज्ञानिकले भने सर्पलाई दूध ख्वाउन नहुने किनकी सर्पको बनोटले दूध पचाउन नसक्ने बताउँदै अाएका छन् ।

सर्पको पूजा गर्ने अर्को कारण र महत्वपूर्ण तर्क पनि छ । नेपाल कृषि प्रधान देश हो र सर्प र मुसाले खेतको रक्षा गर्दछ । सर्पको यो महत्व देखेरपनि मानिसहरुले यसको पूजा गर्न शुरु गरेको हुनसक्छ । हाम्रो देशमा सर्पलाई पूजा गर्ने र मार्ने दुबै छन् मतलव् अवस्था हेरेर यस्तो गर्ने देखिएको छ । नदिमा पिपलको जसरी पूजा गरिन्छ ठिक त्यसरी नै अन्यबेला नगरेपनि नाग पञ्चमीमा सर्पको पूजा गरिन्छ ।

धार्मिक मान्यता के छ ?
नागसँग जोडिएको भविश्य पुराणमा भनिएको छ कि आठ प्रमुख नागका नाम लिने मनिसलाई कुनै जीवको भयले सताउँदैन । जस्तो यो श्लोकमा भनिएको छ —

वासुकिः तक्ष्कश्चैव कालियो मणिभद्रकः ।
एरावतो धृतराष्ट्रः कार्कोटकधनंजयौ ।।

एतेsभयं प्रयच्छन्ति प्राणिनां प्राणजीविनम् ।। (भविष्योत्तरपुराण-३२-२-७)

अर्थात, वासुकि, तक्षक, कालिया, मणिभद्रक, ऐेरावत, धृतराष्ट्र, कर्कोटक र धनंजय-यी प्राणीमा अभय प्रदान गर्दछ ।
 

तपाईँको मत