भिडिओ

विनियोजन विधेयकमाथिको छलफल, संसदको प्रत्यक्ष प्रशारण

  • १२ असार मंगलबार, २०७५ | १२:२०:०० मा प्रकाशित

काठमाडौं । संसदमा विनियोजन विधेयकमाथिको छलफल जारी छ ।

सम्भावित कार्यक्रमः
विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकहरुमाथि जारी छलफल अन्र्तगत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि छलफल जारी रहने ।

प्रेम सुवालले “विनियोजन विधेयक, २०७५ अन्र्तगत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

दुर्गा पौडेलले “विनियोजन विधेयक, २०७५ अन्र्तगत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने।

 मिनेन्द्र प्रसाद रिजालले “विनियोजन विधेयक, २०७५ अन्र्तगत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने । स्राेतः संघीय संसद, प्रतिनिधि सभा, दैनिक कार्यसूची 
 

तपाईँको मत