समाज

नेविसंघको राजधानीमा प्रदर्शन : 'कम्युनिष्ट सर्वसत्तावाद धेरै टिक्दैन' (फोटो फिचर)

  • ११ जेठ शुक्रबार, २०७५ | १६:४४:०० मा प्रकाशित

काठमाडौं । सामाजिक जनजिविका र लोकतन्त्रको संरक्षणका निम्ति नेपाल विद्यार्थी संघले काठमाडौं जिल्लाद्धारा राजधानीमा खबरदारीसहित प्रदर्शन गरेका छन् । 

नेविसंघले आन्तरिक लोकतन्त्रको सुनिश्चितता, कम्युनिष्ट सर्वसत्तावाद, बढ्दो महँगी र बाह्य हस्तक्षेपको विरुद्ध खबरदारी प्रदर्शन गरेको जनाएका छन्  । 

विश्वभाषा क्याम्पस प्रदर्शनी मार्गबाट शुरु भएको प्रदर्शन रत्नपार्कको पुलमुनीको पार्कमा पुगेर कोण सभामा परिणत भएको थियो । 

कोणसभालार्ई सम्बोधन गर्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले भने-'राजाको एकतन्त्रिय शासन ढाल्ने नेविसंघले केपी शर्मा ओलीको सर्वसत्तावाद धेरै नटिक्ने र त्यसको लागि नेविसंघ खबरदारी गरिरहने छ ।'

उनले नेविसंघभित्रको आन्तरिक लोकतन्त्रका लागि लड्न पनि कुनै कसर नराख्ने बताए । काफ्लेले ज्यान मुद्दामा जेलमा रहेका बालकृष्ण ढुंगेललाई छोड्न लागेको समाचार सहि हो भने त्यसको विरुद्ध सडक संघर्ष गर्ने जनाए । 

नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध सडकमा उत्रनुपरेको बताए । 'हामी आफ्नै संगठनभित्रको लोकतन्त्रको खोजीमा अध्यक्ष रकांग्रेसविरुद्ध पनि उत्रन पछि पर्दैनौं ।' 

वैद्यले भने-'मूल्य वृद्धि र कानुनी राजको सुरक्षाको लागि सँगै हिड्ने अनेरास्ववियुका साथिहरु सरकार सत्तामा पुग्नासाथ खोपामा लुकेका छन् । हिम्मत छ भने सरकारले गरेका गलत कार्यका विरुद्ध सडकमा आउनुहोस् । नत्र अनेरास्ववियुको पनि कुनै गुन्जायस छैन ।'  

तपाईँको मत