खेल

फिफा वर्ल्ड कप : बेलायत चेम्पियन हुनेमा कप्तान केनको आशा

  • १० जेठ बिहीबार, २०७५ | १४:५३:०० मा प्रकाशित

बेलायत । बेलायत फुटवल टीमका कप्तानले यो वर्ल्ड कपको शिल्ड उठाउने सपना नै नदेखेको बताएका छन् । तर, चेम्पियन हुने दावी भने गरेका छन् ।

२४ वर्षिय नयाँ कप्तान हेरी केनले वर्ल्ड कप सबैभन्दा ठूलो प्रतियोगिता भएकोले यसमा जीत हाम्रो पनि हुनसक्ने वा जो कोहिलेपनि जित्नसक्ने बताएका हुन् । तर टीमले कुनै न कुनै उपादी जित्ने योग्यता रहेको बताएका छन् । उनले भने “हाम्रो टीमले कुनै एक उपाधी जित्नेमा ढुक्क छौँ ।”

कप्तान केनले थप भने “यो मेरो सोच हो र म जे गर्छु उसमा जित्न चाहन्छु । टीममा मौजूदा अन्य खेलाडीहरुपनि यहि चाहन्छन् र म यसको लागि अन्तिम समयसम्म भिड्नेछु ।”

इंग्लिस क्लब टोटेनहम हटस्परबाट खेलेका केनले सबै प्रतियोगितामा कुल ४१ गोल गरेका छन् । केनले भने “म भलै पदको दावेदार हैन तर टीममा युवा खेलाडीको सम्लग्नता हुनु राम्रो कुरा हो । मलाई विश्वास छ कि हामी वर्ल्ड कप जीत्न सक्छौँ र हामी यसैको लागि कोशिस गर्छौँ ।”

एजेन्सी ।
 

तपाईँको मत