मंगलबार, ८ जेठ, २०७५ Tuesday, 22 May, 2018

विश्व

मेक्सिकोमा पत्रकार मारिए

Gaunsahar

मेक्सिको सिटी । मेक्सिकोमा मङ्गलबार एक पत्रकारको हत्या भएको छ । 

मेक्सिकोको राजधानी शहर मेक्सिको सिटीबाट दक्षिणपश्चिममा पर्ने राज्य ताबास्को भिल्लाहेर्मोसामा आफ्नै घरको नजिक बसेका ती पत्रकारको हत्या भएको हो । 

जुआन क्यार्लोस् हुएर्टा नामक स्थानीय रेडियोको समाचारदाताका रुपमा कार्यरत थिए ।  

हुएर्टालाई एकजना सशस्त्र हतियारधारीले आक्रमण गरेको थियो । उनी ४५ वर्षका थिए । विश्वको अन्य देशको तुलनामा मेक्सिकोमा पत्रकारको हत्या बढी हुने गर्दछ । 

यस वर्षको शुरुदेखि हालसम्म मेक्सिकोमा तीन जना पत्रकारको हत्या भइसकेको छ । तर यहाँका पत्रकारका हत्यारामाथि कारबाही नहुँदा दण्डहीनता बढेको बताइन्छ । रासस/सिन्ह्वा

प्राप्त प्रतिक्रिया
तपाईँको मत
धेरै पढिएको
ट्विटर