अर्थतन्त्र

गोर्खाज फाईनान्स लिमिटेडलाई बजार निर्माता इजाजत पत्र प्रदान 

काठमाडाैं । नेपाल राष्ट्र बैंकले गोर्खाज फाईनान्स लिमिटेडलाई बजार निर्माता इजाजत पत्र प्रदान गरेको छ ।

इजाजत पत्रमा गोर्खाज फाईनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकद्वारा निष्कासित राष्ट्रिय बचतपत्र र नागरिक बचतपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार गर्न पाउने गोर्खाज फाईनान्स लिमिटेडले आफ्नो विज्ञप्तीमा जनाएको छ ।

ग्राहकहरुले यो सेवा गोर्खाज फाईनान्स लिमिटेडको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंबाट प्राप्त गर्नेछन् ।

हाल गोर्खाज फाईनान्स लिमिटेडको चुक्तापुँजी ८७ करोड रहेको छ । फाईनान्सले आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्ग, ई–बैंकिङ्ग, डेबिट कार्ड, आई.पि.एस. जस्ता आधुनिक सेवा प्रदान गरिरहको छ । फाईनान्सको हाल नेपाल भरि २२ वटा शाखा रहेको छ । 
 

तपाईँको मत