प्रेरणा

मायामा पैसा कति महत्वपूर्ण, जान्नुहोस सत्यता

  • १२ भदौ मंगलबार, २०७५ | ०९:१९:०० मा प्रकाशित

काठमाडौँ । भनिन्छ मायाको अगाडि संसारभरको सम्पति कम हुन्छ । तर के यो साँचो हो ? केही शोधकर्ताहरुले मायामा पैसाको प्रभावलाई आफ्नो तरिकाबाट हेरेका छन् । उनीहरु भन्छन्, मायामा पनि पैसा बोल्छ । माया र पैसाको बीचको सम्बन्ध जहिल्यै कठोर हुने गर्छ । पैसा र माया भन्नमा दुबै छोटा शब्द हुन, तर यी दुइ शब्दका अर्थ अत्यन्तै अलग छन् । कोही आफ्नो परिवारलाई छोडेर पैसासँग माया गर्छन, त कोही माया पाउनको लागि पैसालाई छाड्छन् । भनिन्छ, मायाको अगाडि संसारभरको सम्पति कम हुन्छ । तर के लाखौँ-करोडौँको सम्पतिबाट माया पाउन सकिन्छ ?

१. पैसा कमाउनु दुबैको जिम्मेवारी
२. पैसा केवल माध्यम हो, जरुरत होइन

सन् २०१४ मा सिंगापुरमा भएको एक शोधमा भौतिकवादी मूल्य प्रति झुकाव राख्ने मानिसको विवाह र बच्चाप्रति अधिक नकारात्मक दृष्टिकोण थियो । सोही ठाउँमा मेट्रीमोनियल वेबसाइटद्वारा ५ हजार केटीहरु बीच गरिएको सर्भेमा केटीहरुले विवाहको लागि वित्तीय क्षेत्रसँग जोडिएको केटा आइटी क्षेत्रमा काम गरिरहेका केटाभन्दा बढी प्राथमिकता दिएको पाइयो । यस्तै मार्केटिंगसँग जोडिएका केटाको माग अत्यन्त कम देखिएको थियो । ७० प्रतिशत केटीले भावी जीवनसाथीको मासिक आय ५० हजार देखि १ लाख सम्म चाहने देखिएको थियो । २० प्रतिशत केटीहरु भने जीवनसाथीबाट १ लाख कमाउने चाहने देखियो । १० प्रतिशत केटीहरुले मार्केटिंगको सट्टा वित्तीय व्यवसायिक केटासँग विवाह गर्ने इच्छा देखिएको थियो ।

३. भौतिक सुखसँग माया पनि जरुरी
स्वान्जी यूनिर्भसिटीका शोधकर्ताले ५० प्रेमी जोडीलाई ७५ पुरुष र ७५ महिलामा छुट्याएर अध्ययन गरेका थिए । यो भेलामा लामो समय सम्बन्ध राख्ने बारेका प्रश्न सोधिएको थियो । त्यसमा केही सहभागिलाई कार, महंगा गहना, ठूलो घर र पैसाको तस्विर देखाइएको थियो । फोटो देखाउँदै त्यहि प्रश्न गरिएको थियो । दोस्रो समूहको तुलनामा पहिलो समुह, जसले केवल महिला र पुरुषको तस्विरलाई हेरेका थिए । त्यसमा १६ प्रतिशत भन्दा बढीले केही समयको लागि सम्बन्धमा रहन इच्छाएका थिए । विश्वविद्यालयका मनोवैज्ञानिक एंड्रयू जी. थोमस भन्छन्, ‘पैसाको मायामा पर्नेहरुको प्रभाव साथसाथ यो पनि पत्ता लगाउन कोशिष गरिरहेका थिए कि मानवको शारीरिक आकर्षणको प्राथमिकता पर्यावरण अनुसार समय समयमा बदलिन्छ या बदलिदैन ।’ एजेन्सी
 

तपाईँको मत