फाइनल पुग्न चितवन र सुदूरपश्चिमले खेल्ने
- गाउँ सहर संवाददाता
- ३ मङ्सिर बिहीबार, २०८३ | ०७:३८:०० मा प्रकाशित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टीमबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन लागेको हो ।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग सुदूरपश्चिम रोयल्स ६ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल अगावै ४ विकेट गुमाएर फाइनल यात्रा सुरक्षित गरेको थियो ।
यता चितवन राइनोजले इलिमिनेटर चरणमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो ।
बुधबार भएको इलिमिनेटरमा चितवन राइनाेजले काठमान्डू गोर्खाजलाई ६१ रनले पराजित गरेको हो । यो हारसँगै काठमान्डु प्रतियोगिताबाट बाहिरियो । जितसँगै चितवन राइनोले दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग भेट पक्का गरेको हो ।
दोस्रो क्वालिफायर खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर
- आज हरिबोधनी एकादशी, बूढानीलकण्ठ सहितका मन्दिरमा घुइँचो
- चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने
- महँगीको भुङ्ग्रोमा जनता : एक वर्षमै मुद्रास्फीति १.४७ बाट ६.३७ प्रतिशत, भान्सादेखि यातायातसम्म मूल्यवृद्धिको मार
- पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
- इंग्ल्यान्ड जाँदै नेपाली क्रिकेट टोली, ओडीआई र टी-२० गरी ६ खेल खेल्ने
- राष्ट्रिय खेलकुद परिषदद्वारा एन्फामाथिको प्रशासनिक र आर्थिक निलम्बन फुकुवा
- जसपा नेपाल त्यागेका ७ जिल्लाका १८ जना जनप्रतिनिधिको पद रिक्त
- संगठित अपराधको कसुरमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ, के हो आरोप ?
- नवनियुक्त उपाध्यक्ष आनी छोइङसहित लुम्बिनी विकास कोषका नवनियुक्त पदाधिकारीले सम्हाले कार्यभार
प्रतिकृया दिनुहोस