एसईईको नतिजा निकाल्ने तयारी, यसरी हेर्न सकिन्छ परीक्षाको नतिजा
- गाउँ सहर संवाददाता
- २७ बैशाख आइतबार, २०८३ | ११:५५:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निकाल्ने तयारी गरेको छ ।
बोर्डले यही वैशाख महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा निकाल्ने तयारीसँगै बोर्डले एक सूचना जारी गरी नतिजा प्राप्त गर्न वा हेर्न सक्ने माध्यमहरुको सूची सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।
बोर्डले चैत १९ गतेदेखि २९ गतेसम्म एसईई सञ्चालन गरेको थियो । परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले सहभागी भएका थिए ।
सूचनाअनुसार, नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस र आईभीरबाट तीन ठाउँबाट जान्न सकिनेछ। त्यस्तै, १४ वटा वेबसाइटमा पनि प्रकाशन हुने कार्यालयले जनाएको छ।
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका: तल दिइएका सर्टकोडमा एसएमएस पठाएर वा फोन गरेर आफ्नो नतिजा प्राप्त गर्न सकिनेछ।
- नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
- जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
- एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)
वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू: इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिएको छ।
- राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट : www.see.gov.np र www.neb.gov.np
- नेपाल टेलिकम : www.see.ntc.net.np
- कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com
- इडियु सञ्जाल : www.see.edusanjal.com
- खल्ती: https://khalti.com/app
- कलेज इन्फो नेपाल प्रालि : see.collegeinfonepal.com
- द कनेक्ट प्लस प्रालि : https://theconnectplus.com
- एनसेल आजियाटा लिमिटेड : https://ncellapp.ncell.com.np/result
- निमा एजुकेशन फाउन्डेसन : result.neemaacademy.com
- फोनिक्स एजुकेशन फाउन्डेसन : resultayo.com
- एम्बिसन गुरु प्रालि : see.ambition.guru
- एनईबी रिजल्टस एन्ड न्युज प्रालि : https://see.merostudy.net
- इन्द्रेणी टाइम्स नेटवर्क प्रालि: nebeducation.com/see
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै
- विराटनगर किंग्सलाई ९ विकेटले हराउँदै काठमाडौं गोर्खाजको दोस्रो जित
- गगनको प्रष्टिकरण : एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन
- जनकपुरलाई हराउँदै लुम्बिनी अंक तालिकामा शीर्षस्थानमै
- आज सुनचाँदी दुवैकै मूल्यमा उच्च वृद्धि
- के छ माैसम पूर्वानुमान
- आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
- आज दिउँसो कोशी र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
- एनपीएलमा लुम्बिनीको दबदबा : पोखरालाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लियो
प्रतिकृया दिनुहोस